बागलुङ पहिरो अपडेट: ८ जनाको मृत्यु

बाग्लुङ | साउन २२, २०८१

बागलुङ पहिरो अपडेट: ८ जनाको मृत्यु

बागलुङ:   बागलुङको बडिगाड गाउँपालिका पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ८ पुगेको छ । बडिगाड गाउँपालिका १० र ९ मा गरेको छुट्टछुट्टै पहिरोमा पुरिएर ८ जनाको मृत्यु  सहकाय प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । 


बरालका अनुसार बडिगाड १० स्थित आरुपाटा निवासी जोगलाल बुढाको घर र गोठ पुरिदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । पहिरोमा परी चार जना गम्भिर घाइते भएको उनको भनाई छ ।


मृत्यु हुनेमा बडिगाड १० निवासी सात वर्षीया मालती बुढा, सात वर्षीय मधु बुढा, सन्जु बिकको छ महिनाकी छोरी, १२ वर्षका मनोज बुढा, १२ वर्षका अमन बुढा र ५९ वर्षका मैतीदेवि बिकको मृत्यु भएको छ ।


पहिरोमा परी वर्ष ४६ का संगिता बुढा, वर्ष ५९ का सुमित्रा बिक, वर्ष ३२ का सिता थापा र वर्ष ४२ का मंगलसिंह बुढा गम्भिर घाइते भएका छन् । 


पहिरोमा अझै दुईजना पुरिएको हुनसक्ने आशंका गरिएको छ । अहिले उद्दार चलिरेको छ ।


यस्तै बडिगाड–९ मा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १५ वर्षका विधान परियार र २४ वर्षका गंगा बस्नेत रहेका छन् । परियारलाई घर माथिबाट आएको पहिरोले पुरेको थियो भने बस्नेत बाटेमा हिड्दै गर्दा पहिरोले पुरेको थियो ।


गम्भिर घाइतेलाई हेलिकप्टर मार्फत उद्दार गर्न पहल भइरहेको प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले जानकारी दिए । 
 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको बताउनुभएको छ ।   जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानको ज्ञापन...

थप पढ्नुहोस्

काठमाडौँ:   लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनःउकालो लागेको छ ।    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा रु एक हजार पाँच सयले वृद्धि भएको छ ।   ...

थप पढ्नुहोस्

बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छभने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ ।   नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरि...

थप पढ्नुहोस्