इन्टरनेको माध्यमद्वारा निर्वाचन गराउनुपर्छः पौडेल
काठमाडाैं | असार २४, २०७९
काठमाण्डौँ: आम नेपाली पार्टीका अध्यक्ष निलकण्ठ पौडेलले इन्टरनेटको माध्यमद्वारा निर्वाचन गर्नुपर्ने बताएका छन् ।
आज (शुक्रबार)काठमाण्डौँमा डेमोक्रेटिक सोसलिस्ट एलायन्सले आयोजना गरेको “स्वच्छ निर्वाचन ” विषयक बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले इन्टरनेको माध्यमद्वारा निर्वाचन घरबाटै हुने पर्ने बताएका हुन् ।
‘आम जनताहरुलाई सहजता र अपाङ्ग भएका व्यक्तिहरुका लागि पनि निष्पक्षरुपमा भोटिङ गराउनको लागि इन्टरनेको माध्यमद्वारा घरैबाट भोटिङ प्रणाली लागु हुनुुपर्छ ।’ उनले भने ।
पौडेलले गत स्थानीय तहको निर्वाचनमा फरक क्षमता (अपाङ्ग) भएका व्यक्तिहरुलाई निर्वाचनमा सहभागिता गराउन तर्फ सरकारले चाँसो नदिएको धारणा राखे ।
अपाङ्गहरुको पक्षमा बोल्दै निर्वाचन प्रक्रिया कम खर्चिलो गराउने बताउदै भने ‘निर्वाचनमा खर्च कम गराउने उत्तम उपाय ईन्टरनेटको माध्यमबाट भोट गर्नु हो । हालको निर्वाचन प्रणाली अत्याधिक खर्चिलो छ । जसको कारण जनताले एउटा सक्षम प्रतिनिधि पाउन सकेका छैनन् ।’
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

