पर्यटन क्षेत्रका समस्या लगायतमा संघीय मन्त्रीलाई स्मरणपत्र

पाेखरा | साउन २२, २०८१

पर्यटन क्षेत्रका समस्या लगायतमा संघीय मन्त्रीलाई स्मरणपत्र

पोखरा:    नेपाल लोकतान्त्रिक पर्यटन ब्यावसायी संघ, गण्डकी प्रदेश सहित पोखराका पर्यटन व्यवसायीले पोखरा सहित गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा विद्यमान समस्या लगायतका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई स्मरणपत्र प्रस्तुत गरेका छन् । 
    

संघका गण्डकी प्रदेश संयोजक सोमबहादुर थापामगर सहित पोखराका पर्यटनसम्बद्ध क्षेत्रका प्रतिनिधिले विभिन्न विषयमा मन्त्री पाण्डेलाई स्मरणपत्र प्रस्तुत गर्दै समसामयिक विषय बारे जानकारी गराएका हुन् ।
    

संयोजक थापाले प्रस्तुत गर्नुुभएको स्मरणपत्रमा पर्यटनका लागी आवश्यक गुणस्तरीय विकासका लागि पूर्वाधार नभएको भन्दै सडक सञ्जाल कमजोर, विमानस्थल बनेर पनि उडान हुन नसक्नुु दुःखदायी अवस्था भएको भनिएको छ ।    
    

प्राकृतिक संकट व्यवस्थापन अर्को चुनौती बनेको बनेको उल्लेख गर्दै संघले पूर्वानुमान गर्न नसक्नु र तत्काल रेस्पोन्स गर्न नसक्नुुले सरकारी निकाय प्रतिको विश्वास घट्दै गएको भनिएको छ ।
    

पर्यटन क्षेत्रको बजारीकरण कमजोर बन्दै जानुु, पर्यटन बोर्डले आफ्नो कार्य क्षेत्र र उद्देश्य विपरित बजेट विनियोजन गर्नु, आर्थिक अनियमितता जस्ता विषय समस्याका रुपमा देखिएको जनाइएको छ ।
    

एउटै व्यवसाय धेरै ठाउँमा दर्ता गर्ने व्यवस्थाले व्यवसायी पटक पटक केन्द्र धाउनुुपर्ने अवस्थामा सहजीकरण गर्नुुपर्ने, वातावरणीय प्रभावका नाममा व्यवसायीले पाइरहेको दुुःख स्मरणपत्रमा उल्लेख गरिएको छ ।
    

पदयात्रा पर्यटनमा सम्भावना भएका र पदयात्राको हिसावले ख्याति कमाएका क्षेत्रमा विना अध्ययन निर्मित सडक व्यवस्थित गर्नुुपर्ने भन्दै संघले पर्यटकीय क्षेत्रमा मौलिक घरका संरचना संरक्षणका नीति नै बनाएर अघि बढ्नुुपर्ने सुुझाएको छ ।
    

त्यस्तै पर्यटकसँग लिइने प्रवेश शुल्क एक द्वार प्रणालीबाट उठाइ स्थानीय सरोकारवालाको माग सम्बोधन गर्नुुपर्ने, व्यवसायीलाई अझ आकर्षित गर्न उत्प्रेरणा जगाउनुुपर्ने, व्यवसायी पलायन रोक्नुुपर्ने नेपालमा भएका ट्राभल्स, ट्रेकिंङ्ग र ¥याफ्टीङ्ग एजेन्सिजलाई विभिन्न देशमा शाखा खोल्न प्रेरित गर्नुपर्ने लगायतका विषय उल्लेख गरिउको छ ।
    

विदेशी मुद्रा कारोवारमा डिजिटल भुक्तानी प्रक्रृया सहज बनाउनुुपर्ने लगायतका विषयमा सुुझाइएको छ ।
    

नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सिज(नारा) का पूर्व केन्द्रीय अध्यक्ष निम मगरले सरकारले जलयात्राका लागि अनुमतिपत्र दिए पनि ठाउँ ठाउँमा बाँधहरू बनाइँदा आँफूहरूको जलयात्रा पर्यटन प्रभावित बनेको बताउनुुभयो । उक्त अवसरमा रेष्टुुरेन्ट एण्ड बार एशोसिएसन(रेवान) पोखराका पूर्व अध्यक्ष चौबहादुर गुरुङ, पर्यटन व्यवसायी सुकबहादुर गुरुङ लगायतले पर्यटन क्षेत्रका समस्या बारे जानकारी गराउनुुभएको थियो ।
    

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पर्यटन विभागका संयोजक आङ्गेलुु शेर्पा र नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघका केन्द्रीय संयोजक दीपक महतले मन्त्री पाण्डेसँगको भेटघाटलाई संयोजन गर्नुुभएको थियो । 
    
 

काठमाडौं:    संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना गरिएको छ ।  नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको सहभागितामा अर्के...

थप पढ्नुहोस्

काठमाडौं:    राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का उपसभापति स्वर्णिम वाग्लेले संविधान संशोधन जनताको चाहनाअनुरुप समयानुकूल हुनुपर्नेमा जोड दिनुभएको छ ।  सो पार्टीको संसदीय दलले आज यहाँ आयोजन...

थप पढ्नुहोस्

गण्डकी:    गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधानको पूर्ण पालना र कार्यान्वयनमा राज्यका सबै अङ्गहरुले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।  गण्डकी प्रदेश सरकारद्वा...

थप पढ्नुहोस्