दूतावाससँग समन्वय नगरी बङ्गलादेश नछाड्न नेपाली विद्यार्थीलाई आग्रह
काठमाडाैं | साउन २१, २०८१
काठमाडौं: बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीहरुलाई दूतावाससँग समन्वय नगरी देश नछाड्न ढाकास्थित नेपाली राजदूतावासले आग्रह गरेको छ ।
नेपाल फर्किन चाहने विद्यार्थी र सम्पूर्ण नेपालीहरुले राजदूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्न दूतावास आग्रह गरेको हो ।
बङ्गलादेशमा चिकित्साशास्त्रको अध्ययनका लागि पुगेका नेपाली विद्यार्थीमध्ये करिब चार सय विद्यार्थीसहित सम्पूर्ण नेपाली सुरक्षित रहेको दूतावासले जनाएको छ । साथै बङ्गलबादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थी नेपाल फर्किसकेको पनि जनाएको छ ।
‘‘बङ्गलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थीहरु नेपाल फर्किसकेको र हाल बाँकी रहेका करिब चार सय विद्यार्थीसहित सम्पूर्ण नेपालीहरु सुरक्षित रहनुभएको र उहाँहरुसँग राजदूतावास निरन्तर सम्पर्कमा रहेको छ ।’’ राजदूतावासले भनेको छ ।
राजधानी ढाकासहित बङ्गलादेशका अधिकांश ठाउँमा आइतबार साँझदेखि अनिश्चितकालीन कर्फ्यु जारी रहेका कारण दूतावासले आफ्नै तरिकाले बङ्गलादेशबाट बाहिरिने प्रयास नगर्न नेपालीहरूलाई आग्रह गरेको छ ।
बङ्ग्लादेशमा रहेका नेपालीहरू सुरक्षित रहेको पनि दूतावासले जनाएको छ ।
दूतावासले नेपाल फर्किने व्यवस्थाको समन्वयका लागि दुई वटा टेलिफोन नम्बर समेत सार्वजनिक गरेको छ ।
दूतावासका अनुसार नेपालीहरूले +८८०१८८०६९१०१३ वा +८८०१७४५४०७९५८ नम्बरमा सम्पर्क गरेर आवश्यक सहयोग लिन सक्छन् ।

पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

