‘मिस नेपाल वर्ल्ड २०२४’को उपाधि आश्माकुमारीलाई
काठमाडाैं | साउन २०, २०८१
काठमाडौं: ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै केसीले उपाधि जित्नुभएको हो । उहाँलाई गत वर्षकी मिस नेपाल श्रृच्छा प्रधानले ताज पहिराइदिनुभयो ।
प्रतियोगितामा सुमना केसीले ‘मिस नेपाल अर्थ २०२४’ र करुणा रावतले ‘मिस नेपाल इन्टरनेशलन २०२४’ को उपाधि जित्नुभयो । यस वर्ष ‘मिस वर्ल्ड’मा भने ‘मिस नेपाल २०२३’ प्रधानले नेपालको प्रतिनिधित्व गर्दै प्रतिष्पर्धा गर्नुहुनेछ ।
प्रतियोगितामा डा रुपक घिमिरे, लक्ष्मी भण्डारी, रेना रिजाल, विजय कर्मचार्य, साहारा बस्नेत राणा, कलाकार दिव्य देव, प्रिङ्का रानी जोशी, शरद भेषवाकर, रियासा दाहाल, विष्णुहरि पाण्डे, सकुन भण्डारीलगायत ११ जना निर्णायकको भूमिकामा हुनुहुन्थ्यो । मिस नेपालको आयोजना द हिडन ट्रेजरले गर्दै आएको छ ।
पोखरा: युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’ ...
काठमाडौं: गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

