मर्दी हिमाल ट्रेकको वेस क्याम्प नजिक भेटियो मानव कंकाल

७ महिना अगाडि बेपत्ता पर्यटकको हुन सक्ने अनुमान

पाेखरा | साउन १९, २०८१

मर्दी हिमाल ट्रेकको वेस क्याम्प नजिक भेटियो मानव कंकाल मानव लासको अवशेष: खुट्टाको हड्डी र मोबाइल फोन कपडा

पोखरा:   कास्कीको माछापुच्छ«े गाउँपालिका–९ स्थित मर्दी हिमाल ट्रेकको वेस क्याम्प नजिक मानव कंंकाल फेला परेको छ । 


मर्दी हिमाल ट्रेकको वेस क्याम्प नजिक रहेको निगालोको घारी नजिक मानव कंकाल भेटिएको माछापुच्छ«े गाउँपालिका–९ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए । 


‘मर्दी हिमाल ट्रेकको वेस क्याम्प नजिक रहेको निगालो घारी नजिक मावन लासको अवशेष फेला परेको भन्दै स्थानीय भेडिगोठका सञ्चालक गोविन्द गौतमले फोन गर्नुभएको थियो, गौतमको भनाई उद्धत गर्दै वडाध्यक्ष क्षेत्रीले भने, ‘मावन लासको अवशेष फेला परेको सूचना आएपछि कास्की प्रहरी र गाउँपालिकालाई खवर गरेको छु छिटै नै अवशेष फेला परेको स्थानमा समन्वय गरेर जान्छौं ।’


वडाध्यक्ष क्षेत्रीले वेस क्याम्प पुग्न २ दिन लाग्ने र मौसममा आएको परिवर्तनका कारण चुनौती भएकाले सुरक्षा निकाय र गाउँपालिकासँग समन्वय गरेर बेस क्याम्प तर्फ लाग्ने बताए । 


‘मर्दी हिमालको वेस क्याम्प पुग्न यहँ करिव २ दिन लाग्छ, मौसमका कारण सबैसँग समन्वय गरेर जानुपर्छ, कास्की प्रहरीलाई खवर गरेको छु’, उनले भने, ‘मानव लासको अवशेष भेटिएको स्थान मर्दि हिमाल वेस क्याम्पको मुख्य बाटो भन्दा १२ सय मिटर पूर्व मर्दी खोलाका उद्गम स्थल माथि पर्ने लाम डाडाको खोँचमा हो ।’


उनले मर्दी हिमाल वेस क्याम्प नजिक भेटिएको मानव लासको अवशेष २०८० पुस १४ गते देखि हराएका विदेशी नागरिक स्विडेनका मिचेल लुई ब्लम्बर्ज हुन सक्ने अनुमान गरे । 


गत पुस १४ गतेदेखि मर्दी हिमाल पदयात्राको क्रममा स्विडेनका नागरिक बेपत्ता छन् । एक्लै पदयात्रामा रहेका स्विडेनका नागरिकलाई भालुले आक्रमण गरेको हुन सक्ने वडाध्यक्ष क्षेत्री आशंका गरे । 


मर्दी हिमाल पदयात्राको क्रममा बेपत्ता भएको विदेशी नागरिक मिचेलको खोजी कार्य भएपनि उनको अवस्था अहिले सम्म अज्ञात छ । 


मर्दी हिमालको वेस क्याम्प नजिक  खुट्टाको हाड कपडा र मोबाइल मात्र भेडा गोठालाले हिजो मात्र फेला पारेको वडाध्यक्ष क्षेत्रीले बताए । 

पोखरा:   पोखरा महानगरपालिका वडा नं १५ द्वारा आयोजित आर्थिक वर्ष २०८१÷२०८२ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।  स्थानीय सरकार र नागरिकहरूका बिचमा दोहोरो संवाद स्थापित गर्दै वि...

थप पढ्नुहोस्

काठमाडौं:  तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्कँदै हुनुहुन्छ । उहाँ तुर्कमनेबासी अन्त...

थप पढ्नुहोस्

गण्डकी:  लामो समयदेखि बहसमा रहेको गाँजाखेती र घरेलु मदिरालाई वैधता दिन गण्डकी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको छ ।  यसअघि प्रदेश सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममार्...

थप पढ्नुहोस्