विन्ध्येश्वरी आदर्श स्कुलमा नेपाली र अङ्ग्रेजी हिज्जे

पाेखरा | साउन १९, २०८१

विन्ध्येश्वरी आदर्श स्कुलमा नेपाली र अङ्ग्रेजी हिज्जे

पोखरा:    पोखरा महानगरपालिका–१ विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्र्तगत नेपाली तथा अंग्रेजी हिज्जे र बेलुन रेस प्रतियोगिता सम्पन्न भएको छ । 


नेपाली हिज्जे कार्यक्रममा आधारभुत (सिनियर) तर्फ कञ्चनजंघा सदनबाट कक्षा ८ की छात्रा सृष्टि खड्का, कक्षा ७ का छात्रछात्राद्वय असिम अधिकारी र उपासना रेग्मी, कक्षा ६ की छात्रा सबिता सुनार प्रथम र अन्नपूर्ण सदनबाट कक्षा ८ का छात्राहरुद्वय मञ्जिसा भुजेल र एस्थर तामाङ, कक्षा ७ की छात्रा अंकिता पौडेल र कक्षा ६ का छात्र पेरिस पौडेल द्वितीय भएका छन् । 


यस्तै आधारभुत (जुनियर) तर्फको अंग्रेजी हिज्जे प्रतियोगितामा अन्नपूर्ण सदनबाट कक्षा ५ का छात्रछात्राद्वय सिद्धान्त के.सी. र केन्जल जि.सी., कक्षा ४ की छात्रा दीया क्षेत्री र कक्षा ३ की छात्रा शइशा तामाङ प्रथम र कञ्चनजंघा सदनबाट कक्षा ५ का छात्रछात्राद्वय मुस्कान भण्डारी र अदिती तिमिल्सिना, कक्षा ४ की छात्रा युनिका खनाल र कक्षा ३ का छात्र सौगात हमाल द्वितीय भएका छन् । 


यस्तै पूर्व प्रा.वि. तहमा भएको बेलुन रेस प्रतियोगितामा कक्षा नर्सरीबाट अनामिका सापकोटा प्रथम, इमान थापा क्षेत्री द्वितीय, उमङ्ग रेग्मी र प्रियांश अधिकारी तृतीय भएका छन् । 


कक्षा एल.के.जी.बाट कृष्ण मेट्या प्रथम, निरोशा पाइजा द्वितीय र सम्राट सुनार तृतीय भएका छन् । कक्षा यु.के.जी.बाट सलोम राई प्रथम, शिवांश बाबर द्वितीय र एन्जल रानामगर तृतीय भएका छन् । कक्षा एकबाट पारोमिता मण्डल प्रथम, जेम्स बर्मान द्वितीय र एडन गुरुङ तृतीय भएका छन् ।


विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले प्रतियोगिताका विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरुको  चौर्तफी विकास हुने बताए । 
 

ढोरपाटन:    ढोरपाटन उपत्यकादेखि करिब साढे चार घण्टाको पैदलयात्रामा पुग्न सकिन्छ, गर्पाछेडा । समुन्द्री सतहदेखि चार हजार मिटरको उचाइमा रहेको गर्पाछेडा बुकीपाटनको पहिलो प्रवेशद्वार हो ।  भीर...

थप पढ्नुहोस्

काठमाडौं:  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । महाशाखाले दैनिक जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा...

थप पढ्नुहोस्

सप्तरी:  मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गएराति सप्तरीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।  राजगड गाउँपालिका–२ कमलपुरका ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो । भारतीय...

थप पढ्नुहोस्