मगर पत्रकार संघ कास्कीको पदस्थापन
गोविन्द र गीता सदस्यमा मनोनित
धरान | साउन १८, २०८१
पोखरा: नेपाल मगर पत्रकार संघ कास्कीको तेस्रो जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन भएको छ ।
नवनिर्वाचित कार्यसमितिलाई नेपाल मगर संघ कास्कीका अध्यक्ष राम थापामगरले प्रमाण पत्र वितरण गरे । भने, निर्वाचन मण्डलका संयोजक एमबी आस्थामगरले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।
साउन १५ गते सुरज थापा मगरको अध्यक्षतामा ११ सदस्यीय नेपाल मगर पत्रकार संघ कास्कीको कार्यसमिति सर्वसम्मत चयन भएको थियो । संघको उपाध्यक्षमा चेतबहादुर थापा (प्रविण), सचिवमा कविता घर्तीमगर, सहसचिवमा बलबहादुर रोकामगर र कोषाध्यक्षमा सुमन थापामगर चयन भए थिए ।
यस्तै सदस्यहरुमा दुर्गा रानामगर, आशामाया मगर, राकेश थापामगर, सोनु रानामगर, राज बुढामगर र जुना थापामगर चयन भएका थिए ।
मगर पत्रकार संघ कास्कीको पहिलो बैठकले गोविन्द सिङ्जाली मगर र गीता रानामगरलाई सदस्यमा मनोनित गरेको सचिव कविता घर्तीमगरले जानकारी दिईन् ।
मगर पत्रकार संघ कास्कीको पदस्थापन कार्यक्रममा बोल्दै नेपाल मगर संघ कास्कीका अध्यक्ष राम थापामगरले मगर संघ र पत्रकारहरुबीच सहकार्य गर्दै अगाडि बढ्ने बताए ।
‘नेपाल मगर संघ र पत्रकार संघबीच सहकार्य गर्दै अगाडि बढ्न जरुरी छ’, थापाले भने, ‘मगर समुदायमा भाषा संस्कृति लोप हुँदै गएको छ यसको संरक्षणको लागि पनि मगर संघ र पत्रकारहरुबीच सहकार्य हुन जरुरी छ ।’
उनले यातायात व्यवसायीको आन्दोलनमा क्रममा पत्रकार बिनु थापामगर र सुरज थापामगर माथि सांघातिक रुपमा आक्रमण गर्ने जो भएपनि कारवाही गर्न माग गरे ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीका सचिव अर्जुन गाहामगर, मिना थापामगर, समाजसेवी तिलक तिवारी लगायतले बोलेका थिए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

