गोली लागेका आबेको उपचारको क्रममा मृत्यु

काठमाडाैं | असार २४, २०७९

गोली लागेका आबेको उपचारको क्रममा मृत्यु

 

काठमाडौं:   जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ ।

 

चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला ६७ वर्षका आबेमाथि गोली प्रहार भएको थियो ।


गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो । गोली लागेपछि  बेहोस भएका उनको उपचारकै क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

 

आबेले सन् २०२० मा प्रधानमन्त्री पद छाडेका थिए । यद्यपि सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीमा उनी अझै पनि प्रभावशाली नेताको रुपमा रहेका छन् ।

 

यही जुलाई १० तारिखमा हुने माथिल्लो सदनको चुनावी अभियान अन्तर्गत उनले भाषण गरिरहेको बेला गोली प्रहार भएको थियो । गोली लागेपछि उनी भुइँमा लडेका थिए ।

 

उनलाई तत्कालै हेलिकप्टरमार्फत् उपचारका लागि अस्पताल लगिएको थियो ।

चितवन:   जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी...

थप पढ्नुहोस्

पोखरा:    रूपा वाङ्‍मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ ।   कार्यक्रम रूपा वाङ्‍मय प्रतिष्ठानका अध्यक्ष त...

थप पढ्नुहोस्

पोखरा:   टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ ।   शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

थप पढ्नुहोस्