पोखरामा इन्दुको धन्दा: नाम दिप दर्शन होटल, काम ड्रक्स डेलिभरी (भिडियाेसहित)
कास्की प्रहरीद्धारा एकैदिन ४५ लाख बढीको लागूपदार्थ नियन्त्रण
पाेखरा | साउन १७, २०८१
पोखरा: सरकारले बिक्री वितरणमा रोक लगाएको ट्रामाडोल (लागूपदार्थ) सहित प्रहरीले पोखराबाट २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले पोखराको न्यूरोडस्थित दिप दर्शन होटलका सञ्चालक र म्यानेजरलाई बिक्री वितरणमा रोक लगाएको औषधी ट्रामाडोल (लागूपदार्थ) सहित हिजो (बुधबार) पक्राउ गरेको हो ।
प्रहरीले दिप दर्शन होटलका सञ्चालक तनहुँ शुक्लागण्डकी नगरपालिका ५ स्थायी घर भई पोखरा बस्ने ३७ वर्षीय इन्दु देवी श्रेष्ठ र होटलका म्यानेजर स्याङ्जा घर भई पोखरा–१७ विरौटा बस्ने २५ वर्षीय मिलन पौडेललाई ट्रामाडोलको ४३ हजार २ सय ट्याबलेटसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख मोहन कुमार थापाले होटलमा ग्राहक बनेर जाँदा बिक्री वितरणमा रोक लगाएको औषधी ट्रामाडोलसहित २ जनालाई नियन्त्रणमा लिएको बताए ।
‘सरकारले यस औषधीको दुरुपयोग बढेपछि बिक्री बितरणमा रोक लगाएको छ’, थापाले भने, ‘हामी होटलमा ग्राहक बनेर जाँदा प्रतिबन्ध लगाइएको औषधी बिक्री बितरण गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हौ ।’
कास्की प्रहरी प्रमुख थापाले प्रारम्भिक अनुसन्धानको क्रममा पक्राउ परेका उनीहरुले औषधी पसलमा बाँकी रहेको औषधी राखेको खुलाएको जानकारी दिए ।
‘प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरुले औषधी पसलमा बिक्रीमा राखिएको औषधी स्टक रहेको बताएका छन्’, उनले भने, ‘सरकारले यो औषधी विक्री वितरणमा रोक लगाएको छ तर उनीहरुले हामी ग्राहक बनेर जाँदा बिक्री गरेको अवस्थामा रङ्गेहात पक्राउ गरेका हौं ।’
उनले होटलबाट बरामद गरेको ट्रामाडोल अहिले अवैध रुपमा बिक्री गर्दा ४० देखि ५० लाख पर्नेे देखिएको बताए । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
कास्की प्रहरीले सरकारले बिक्री वितरणमा रोक लगाएको औषधीहरु पसलमा भए नष्ट गर्न समेत अनुरोध गरेको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आउजाउ गर्न असुविधा भएपछि पोखरा महानगरले यो क्षेत्रमा नि:शुल्क विद्युतीय बस चलाउने भएको छ । पृथ्वी राजमार्गबाट करिब दुई किलोमिटरभित्र रहेको विमानस्थलबाट बाहिरिने...
राष्ट्रिय हेमजा आलु महोत्सवको तेस्रो दिन आइतबारसम्मका रु.५० लाख बढीको कारोवार भएको छ । महोत्सव मध्येतिर आउदाँ त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ।शनिबार र आइतबार सार्वजनिक...
पोखरा । भण्डारढिकमा जारी ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’ मा पुरुष सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि रामघाट एफसी ग्रिन र मिक्की एफसी भिड्ने भएका छन् । ...

