पोखरा बसपार्कमा मोटरसाइकल र कार ठोक्किँदा सैनिक जवानको मृत्यु

चितवन | साउन १६, २०८१

पोखरा बसपार्कमा मोटरसाइकल र कार ठोक्किँदा सैनिक जवानको मृत्यु

चितवन:    भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कमा मोटरसाइकल र कार ठोक्किँदा एकजना सैनिक जवानको मृत्यु भएको छ । नेपाली सेनाको नम्बर २ विपद् व्यवस्थापन गण रसौलीमा कार्यरत २७ वर्षीय  सिपाही निगम नेपाली सार्कीको मृत्यु भएको हो । उहाँ तनहुँ भानु नगरपालिका–१२ का स्थायी बासिन्दा हुनुहुन्छ । 

 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सोही गणमा कार्यरत बन्दीपुर गाउँपालिका–३ का २६ वर्षीय दिनेश थापा गम्भीर घाइते हुनुभएको । गए राति बसपार्कबाट रामनगरतर्फ गइरहेको कारले विपरीत दिशाबाट आइरहेको उहाँहरू सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।

 

दुर्घटनामा घाइते दुवै जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको थियो । उपचारका क्रममा सैनिक जवान सार्कीको मृत्यु भएको हो ।

पोखरा: पोखरामा जारी कास्की जिल्ला क्लबस्तरीय क्रिकेट प्रतियोगितामा कास्की क्रिकेट क्लबले लेखनाथ युथ क्रिकेट क्लबलाई २७३ रनले हराएको छ ।  कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको तेस्रो खेल...

थप पढ्नुहोस्

पोखरा:  अडिटर एशोसिएसन नेपाल (अडान) कास्कीको आयोजनामा तीनदिने निरन्तर व्यावसायिक शिक्षा (सीपीई) तालिम सम्पन्न भएको छ। तालिम समापन कार्यक्रम अडान कास्कीका अध्यक्ष गुणानिधि पाण्डेको अध्यक्षतामा सम्पन्न भएक...

थप पढ्नुहोस्

पोखरा:   २०८२ माघ १ गतेदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘भाइरल गोर्खे’ को टिमले पोखरामा दर्शकसँग प्रत्यक्ष भेटघाट  गरेको छ ।  पोखराको मिडटाउन सिनेमाजमा आइतबार आयोजित हल भ...

थप पढ्नुहोस्