पहिरोको उच्च जोखिममा बागलुङको सिगाना स्वास्थ्यचौकी
बाग्लुङ | साउन १४, २०८१
गलकोट: बागलुङ नगरपालिका–८ सिगाना स्थित सिगाना स्वास्थ्यचौकी पहिरोको उच्च जोखिममा परेको छ । भिरालो जग्गामा जोखिम मूल्याङ्कन नगरी भवन निर्माण गरिएको थियो ।
जमिन भासिँदा र पहिरो जाँदा स्वास्थ्यचौकी भवन जोखिममा परेको स्वास्थ्यचौकी संरक्षण उपभोक्ता अनुगमन समितिका संयोजक यज्ञराज गौतमले जानकारी दिनुभयो ।
“स्वास्थ्यचौकी भवन नजिकै पानीको मूल छ, निर्माण गर्दा फालेको माटो र पानी तर्काउन नसक्दा बर्सेनि पहिरो बढेर गयो, लाखौँको स्वास्थ्यचौकी जोगाउन करोडौँ खर्च गर्नुपर्ने देखियो, हालसम्म पहिरो रोकथामका लागि रु ५० लाख खर्च भइसकेको छ”, उहाँले भन्नुभयो, “पहिरो रोकथामा लागि लगाइएको पक्की पर्खालले पूर्णता नपाउँदा यसपटक स्वास्थ्यचौकीको प्राङ्गण नै कोल्टे परेको छ ।”
अघिल्लो आर्थिक वर्षको अन्त्यमा गण्डकी प्रदेशबाट पहिरो रोकथामका रु ५० लाख विनियोजन भएकामा रु २५ लाखको पक्की पर्खाल निर्माण गरिएको थियो ।
गत आवमा रु २५ लाख गरी अहिलेसम्म रु ५० लाख लागतमा पहिरो रोकथामको काम भए पनि अहिले पुनः पहिरो गएको बागलुङ –८ सिगनाका वडाध्यक्ष राजु कार्कीले जानकारी दिनुभयो । रु एक करोड ८२ लाखको लागतमा भवन निर्माण गरिएको थियो ।
झण्डै सय मिटर तलदेखि स्वास्थ्यचौकीसम्मै पहिरो गएर जमिन चिरा पारेको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोका कारण जोखिममा रहेको तित्याङ स्वास्थ्यचौकी पहिरो रोकथामको प्रयास सफल भए पनि सिगानाको पहिरो ठूलो भएकाले समस्या भएको बताउनभुयो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

