भोलि गण्डकी प्रदेशमा सार्वजनिक यातायात नचल्ने

किन आन्दोलित भए यातायात व्यवसायी ?

पाेखरा | साउन १२, २०८१

भोलि गण्डकी प्रदेशमा सार्वजनिक यातायात नचल्ने

पोखरा:   गण्डकी प्रदेशमा यातायात व्यवसायीले भोलि (आइतबार) कुनैपनि सार्वजनिक सवारी साधन (कालो प्लेट) सडकमा ननिकाल्ने निर्णय गरेका छन् ।

 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिले निजी सवारी साधन (रातो प्लेट) लाई यात्रु ओसारपसार गर्न दिनेगरी गण्डकी सरकारले कार्यविधि बनाउन लागेको भन्दै  तत्काल खारेज गर्न ४८ घण्टे अल्टिमेटम दिएका थिए । 

 

उक्त म्याद सकिएसँगै गण्डकी प्रदेश सरकारले व्यवसायीको पक्षमा कुनै निर्णय नगरेको भन्दै भोलि (आइतबार) यात्रुबहाक र मालवहाक सवारी साधन घर तथा ग्यारेजमा थन्काउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशका सचिव योगेन्द्र बहादुर केसीले बताए । 

 

‘हामीले ४८ घण्टे अल्टिमेटम दिएका थियौं, यो सरकारले हाम्रो मागलाई कुनै ध्यान दिएन । त्यसैले भोलि हामीले सार्वजनिक सवारी साधन ठप्प गर्ने निर्णय गरेका छौं, उनले सुनगाभा न्यूजसँग भने, ‘भोलिपनि केही सकरात्मक जवाफ आएन भने प्रदेशदेखि देशभरी नै अनिस्चितकालिन रुपमा गाडीहरु घर र ग्यारेजमा थन्काउछौं ।’
 

यो पनि पढ्नुहोस

 


निजी सवारी (दुई तथा चार पाङ्ग्रे) लाई सार्वजनिक सवारी सरह यात्रु ओसारपोसार गर्न बनाउन लागेको कार्यविधीलाई तत्काल खारेज गर्नुपर्ने महासंघको माग छ ।

 

यस्तै यातायात प्राविधिकरण गठन गरि यातायात सञ्चालनको कार्यविधि तयार गर्न, यातायात मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्न, श्रम आयोग गठन, वैज्ञानिक भाडादर समयानुकुल समायोजन गर्न, सडक सुरक्षा योजना लागू गर्नुपर्ने उनीहरुको माग छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्