माछाका परिकारले लेखनाथमा तान्यो पर्यटक

काठमाडाैं | साउन १२, २०८१

माछाका परिकारले लेखनाथमा तान्यो पर्यटक

लेखनाथ:     पोखराको विजयपुरवारीको लेखनाथ क्षेत्र सात तालबाट चर्चित छ ।

 

यहाँका सातवटै ताल रामसार सूचीमा सूचीकृत छन् । तर लेखनाथ क्षेत्रमा तालका कारण नभइ यहाँका पाइने माछाका परिकारले चर्चित छ ।

 

माछाका स्वादिला परिकारकै कारण पर्यटकीय गतिविधि बढेको यहाँका पर्यटन व्यवसायीहरुको तर्क छ ।

 

यहाँ आउने अधिकांश पर्यटक तालका कारणभन्दा पनि माछाका परिकार खान आउने गरेको उनीहरुको बुझाइ छ । तालमा पर्याप्त माछा पाइने भएकाले पर्यटकको रोजाइको गन्तव्य बनेको व्यवसायीहरुले सुनाए ।

 

यहाँका बेगनास, रुपालगायतका ताल र आसपासका क्षेत्रका स्थानीयहरु प्नि व्यावसायिक माछापालनमा पनि सक्रिय छन् । बेगनास ताल किनाराका माझीकुना, पिप्ले होस् वा ड्याम साइडलागयतका क्षेत्रमा हरेक दिन ठूलो सङ्ख्यामा पर्यटकहरू माछाका परिकार खानकै लागि आउने गरेका छन् ।

 

बेगनास तालको उत्तरी किनारास्थित पिप्ले गाउँका ४२ परिवारमध्ये अधिकांश माछामै निर्भर छन् । यहाँका ३२ परिवार जलारी समुदायका छन् भने छ परिवार विक र चार अन्य समूदायका छन् ।

 

बस्ती बस्नुअघि कहिलेकाँही चलचित्र छायाँङ्कन र पर्यटकको ‘क्याम्पिङ’ स्थलका रूपमा मात्र रहे पनि यो स्थान अहिले माछाका पारखीको गन्तव्य बनेको स्थानीय दी फिसरम्यान रेष्टुराँका सञ्चालक टेकबहादुर जलारीले बताउनुुभयो । स्थानीय समुदाय झण्डै साढे पाँच दशकयता माछामै निर्भर छन् ।

 

माछा बिक्री गरेरै यहाँका अधिकांश परिवारले मासिक रु २० देखि रु ५० हजारसम्म आम्दानी गर्ने गरेका छन् । पिप्लेमा माछा मारेर बेच्ने मात्र नभै माछाका परिकार खुवाउने होटेल तथा रेष्टुरेन्टका कारण यो पर्यटकहरूको माछा खान जाने गन्तव्यका रुपमा स्थापित भएको हो ।

 

पिप्ले जस्तै माछाकै कारण पर्यटकलाई आकर्षित गरेको अर्को गन्तव्य हो बेगनास तालको पूर्वी किनारछेउको माझीकुना । झण्डै एक दशक अघिसम्म खुल्ला चौर वनजङ्गलले भरिएको यो ठाउँ यतिखेर भने पर्यटकीय गन्तव्य जस्तै बनेको छ ।

 

केही वर्ष यता मात्रै यस स्थानको महिमा र गरिमा बढेको बताउँदै व्यवसाय जलारीले यहाँ पाइने पोलेको माछा धेरै चर्चामा रहेको बताउनुभयो । पछिल्लो समयमा समाजिक सञ्जालका युट्युव, फेसबुक, टिकटक आदिले पनि माझीकुनाको आकर्षणलाई थप उचाईमा पुु¥याएको उहाँको बुझाइ छ ।

 

विगत १० वर्ष यता माझीकुनामा पर्यटकीय आकर्षण बढिरहेको उल्लेख गर्दै प्रकाश गेष्ट हाउस एण्ड रेष्टुरेन्टका सञ्चालक प्रकाश लामिछानेले यस क्षेत्रमा हाल २८ वटा होटेल तथा रेष्टुरेन्ट सञ्चालनमा आइसकेको बताउनुुभयो । पछिल्लो समयमा यस क्षेत्रका व्यवसायीले पूर्वाधार निर्माणलगायतमा जोड दिएको उहाँले बताउनुुभयो ।

 

पर्यटन व्यवसायलाई व्यवस्थित गर्न यहाँका व्यवसायीहरू एकजुुट बनेको उहाँको भनाइ छ । बेगनाससँगै यहाँका रूपा, दिपाङ, खास्टे, न्युरेनी, मैदी तालहरूमा माछापालनलाई स्थानीयले जोड दिँदै आएका छन् ।

 

रुपातालमा माछाको संरक्षण र उपयोगमा जोड दिँदै रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्था क्रियाशील रहेको सो संस्थाका अध्यक्ष शिवराज अधिकारीले बताउनुुभयो । विगतमा अतिक्रमणमा पर्दै गएको ताललाई संरक्षण गर्ने उद्देश्यका साथ २०५८ सालदेखि सहकारी स्थापना गरी माछापालन गर्दै आयआर्जनसमेत गरिँदै आइएको उहाँले बताउनुभयो ।

 

यसबाट पर्यटकीय गतिविधि बढेको उनको भनाइ छ । हाल उक्त सहकारीमा एक हजार ३० जना आबद्ध भइसकेका छन् ।

 

उहाँले सहकारीअन्तर्गत माछा मार्न, चौकीदार, बैंकिङ कारोबार आदिका लागि २४ जनालाई रोजगारीसमेत दिन सकिएको बताउनुुभयो ।

सङ्खुवासभा:     मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई जना भारतीय मजदुरको मृत्यु भएको छ ।  मकालु–५ फ्याक्सिन्दा...

थप पढ्नुहोस्

काठमाडौं:    नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठा—मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात्...

थप पढ्नुहोस्

काठमाडौं:    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनको एकता र रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक रहेकामा जोड दिनुभएको छ ।  नेपाल कम्य...

थप पढ्नुहोस्