सुशासन र अर्थतन्त्र सुधार सरकारको प्राथमिकता: सञ्चारमन्त्री गुरुङ

लमजुङ | साउन १२, २०८१

सुशासन र अर्थतन्त्र सुधार सरकारको प्राथमिकता: सञ्चारमन्त्री गुरुङ

लमजुङ:   सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को गठबन्धन सरकारको प्राथमिकतामा सुशासन र अर्थतन्त्र सुधार रहेको बताउनुभएको छ ।

 

गृह जिल्ला लमजुङ आउनुभएका मन्त्री गुरुङले एमाले मध्यनेपाल नगर कमिटिद्वारा उहाँको सम्मानमा आज आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उहाँले यसअघि स्थिर सरकार नहुँदा विकासले अपेक्षाकृत गति लिन नसकेको टिप्पणी गर्नुभयो ।

 

उहाँले वर्तमान सरकार सुशासन कायम गर्दै अर्थतन्त्र सुधारमा केन्द्रित हुनेमा जोड दिनुभयो ।

 

वर्तमान सरकारप्रति जनताको भरोसा रहेकाले सोहीअनुसार काम गर्ने उहाँको भनाइ थियो ।

 

“वर्तमान सरकारलाई असफल हुने छुट छैन, स्थापित पुराना राजनीतिकले नै मुलुकमा देखिका समस्या समाधान गर्नुपर्छ ।” मन्त्री गुरुङले सरकारी विद्यालयमा सूचना प्रविधिको प्रयोग बढाउनुका साथै निःशुल्क इन्टरनेटको सुविधा उपलब्ध गराउने मन्त्रालयको योजना रहेको सुनाउनुभयो ।

 

नगर कमिटी अध्यक्ष सुमन श्रेष्ठले मन्त्री गुरुङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभयो ।

 

त्यस अवसरमा नगर कमिटिका पदकाधिकारी, कार्यकर्ता र स्थानीयले गुरुङलाई माला र खादाले स्वागत गरेका थिए ।

म्याग्दी:  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...

थप पढ्नुहोस्

गण्डकी:  मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ ।  पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु...

थप पढ्नुहोस्

काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...

थप पढ्नुहोस्