लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्य नियुक्त

दाङ | साउन ७, २०८१

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्य नियुक्त

दाङ:     लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । 


प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


नवनियुक्त मुख्यमन्त्री आचार्यले आजै नेकपा (एमाले) का २९ र नेपाली कांग्रेसका २७ सहित ५६ जना प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए । 


निवर्तमान मुख्यमन्त्री जोखबहादुर महराले आइतबार प्रदेश प्रमुख समक्ष बुझाएको राजीनामा स्वीकृतसँगै नयाँ सरकार गठनका लागि नेपालको संबिधान धारा १६८ (२) बमोजिम प्रदेशसभामा रहेका दुई वा दुईभन्दा बढी दलको समर्थनमा आज बेलुका ६ः ३० बजेसम्म मुख्यमन्त्री दाबी गर्न आह्वान गरेका थिए।   

पोखरा:    पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन यही भदौ २८ र २९ गते हुँदैछ । यस महाधिवेशनबाट नयाँ कार्यसमिति चयन हुने भएकाले नेतृत्वका लागि अर्जुन पोखरेल प्यानलसहित चुना...

थप पढ्नुहोस्

म्याग्दी:     मुस्ताङ भन्ने बित्तिकै धेरैले मुक्तिनाथ मन्दिर, कागबेनी, दामोदरकुण्ड, लोमान्थाङ, जोमसोम, लेते, मार्फालगायत स्थान, तालतलैया, हिमाल, मौलिक कला, संस्कृति र अनि पृथक भूगोलको दृश्यको कल्पना गर्...

थप पढ्नुहोस्

चितवन:   पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ ।   जिल्ला प्रहरी कार्यालय  चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ ...

थप पढ्नुहोस्