हल्लचोकमा सवारी दुर्घटना: मोटरसाइकल चालक परियारको मृत्यु
पाेखरा | साउन ६, २०८१
पोखरा: पोखरा महानगरपालिका ६ स्थित हल्लनचोकमा हाइलक्स र मोटरसाइकल एक आपसमा ठोक्दिा मोटरसाइकल चालकको ज्यान गएको छ ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका ८ बस्ने २६ वर्षीय इश्वर परियार रहेका छन् ।
ठक्करपछि घाइते भएका परियारलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएपपनि पौने ७ बजे डाक्टरले मृत घोषणा गरेका थिए ।
आज बिहान पौने ६ बजे हल्लनचोकमा ग ३ च ३४५७ नम्बरको हाइलक्स र ग ११ प ९१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएको थियो ।
अहिले हाइलक्स चालक बर्दियाको ठाकुर बाबा नगरपालिका ८ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा १७ ड्यामसाइड बस्ने ३० वर्षीय सुशिल दहितलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनापछिको कारण र गल्तीबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

