महान्यायाधिवक्ता बडालद्वारा शपथ ग्रहण
काठमाडाैं | साउन ३, २०८१
काठमाडौं: नवनियुक्त महान्यायाधिवक्ता डा. रमेश बडालले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
बिहीबार राष्ट्रपति निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको समुपस्थितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले डा. बडाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले डा। बडाललाई बुधबार महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

