परराष्ट्रमन्त्रीलाई भारतीय, पाकिस्तानी समकक्षीद्वारा बधाई
काठमाडाैं | साउन १, २०८१
काठमाडौं: नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त हुनुभएकामा भारतका बाह्य मामिलामन्त्री डा।सुव्रमन्यम जयशङ्करले हार्दिक बधाई ज्ञापन गर्नुहुँदै उहाँको कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार ‘भारतका बाह्य मामिलामन्त्रीले बहुआयामिक साझेदारीयुक्त नेपाल–भारत सम्बन्धलाई अझ सुमुधर तुल्याउनका खातिर मन्त्री राणासँग सहकार्य गर्न प्रतीक्षारत छु’ भन्नुभएको छ ।
यसैगरी, पाकिस्तानका विदेशमन्त्री इशाक दारले पनि आफ्ना नेपाली समकक्षी डा. राणालाई मङ्गलबार एक शुभकामना सन्देश पठाउँदै आपसी हित र चासोका मामिलामा निकट सम्पर्कमा रहेर उहाँसँग काम गर्न आफू तयार रहेको बताउनुभएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

