सृजना मा.वि.का छात्राहरू पुरस्कृत

पाेखरा | असार ३१, २०८१

सृजना मा.वि.का छात्राहरू पुरस्कृत

पोखरा:    पोखरा सृजनाचोक स्थित सृजना सेकेन्डरी स्कुलको कक्षा ८ मा अध्ययनरत प्रतिभावान छात्राहरू राजश्री अधिकारी र सक्रिया पोखेल राष्ट्रिय खेलकुद प्रतियोगितामा बिजेता भई पुरस्कृत भएका छन् । 


प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा शनिबार एक कार्यक्रम आयोजना गरी गण्डकी प्रदेशका विभिन्न तीन राष्ट्रिय खेलकुद प्रतियोगिताका बिजेता १७८ जना खेलाडीहरुलाई पुरस्कृत गरेको थियो । 
यसै क्रममा सृजना सेकेन्डरी स्कुलका छात्राद्वय राजश्री अधिकारी र सक्रिया पोखेल नगद पुरस्कारसहित प्रशंसा पत्रद्वारा सम्मानित भएका हुन् । 


राष्ट्रिय खेलकुद परिषद र गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा सञ्चालित यु–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता–२०८० मा गण्डकी प्रदेशको तर्फबाट टेबलटेनिस खेल प्रतियोगितामा सहभागी भएर तृतीय स्थान हासिल गरी कास्यपदक प्राप्त गर्न सफल भएकोमा गण्डकी प्रदेश खेलकुद परिषदले बिजेता खेलाडीहरुलाई पुरस्कृत गरेको हो ।


सृजना सेकेन्डरी स्कुलका प्रतिभावान छात्राहरू राजश्री अधिकारी र सक्रिया पोख्रेल यु–१५ टेबुलटेनिस प्रतियोगितामा गण्डकी प्रदेश प्रथम भई यस अघि पनि पुरस्कार र प्रशंसापत्रद्वारा सम्मानित भएका थिए ।
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्