पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई कास्की प्रशासनको राहत

पाेखरा | असार ३१, २०८१

पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई कास्की प्रशासनको राहत पहिरोमा पुरिएर मृत्यु भएका पोखरा–२७ सहेलापाटाका भिमबहादुर थापाको परिवारलाई राहत प्रदान गर्दै प्रजिअ भरतमणी पाण्डे

पोखरा:    गत बिहीबार राति पहिरोमा पुरिएर मृत्यु भएका पोखरा–१९ तल्लाकोटका कुलबहादुर परियारको परिवारलाई राहत वितरण गरिएको छ  । 


परियारको परिवारलाई जिल्ला विपद् व्यवस्थापन कोष र गण्डकी प्रदेश सरकारले राहत वितरण गरेको हो । 


जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख भरतमणी पाण्डेले नेपाल सरकारको विपद् घटनामा परी मृत्यु भएका व्यक्तिको परिवारलाई राहत उपलब्ध गराउने सम्बन्धी मापदण्ड, २०७७ बमोजिम जिल्ला विपद् व्यवस्थापन कोषबाट ५ लाख गण्डकी प्रदेश सरकारको तर्फबाट २ लाख गरी ७ लाख रुपैयाँ राहत रकम हस्तान्तरण गरिएको जानकारी दिए । 


असार २७ गते बेलुका पोखरा–१९ तल्लाकोटमा कुलबहादुर परियारको घर पहिरोले पुरिदा ७ जनाको मृत्यु भएको थियो । सोही पहिरोमा पुरिएर मृत्यु भएका स्याङ्जा स्थायी घर भएका मृतक कुलबहादुरको विवाहित छोरी प्रभा परियार ज्वाइँ अस्मित परिवारलाई आवश्यक कागजात सहित नजिकको नजिकको हकदार सम्पर्कमा आए पश्चात राहत उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

 
उनले विपद् घटनामा परी मृत्यु भएका परियारका नाबालक छोरा बाहेकको अन्य सबै परिवारका सदस्यहरुको निधन भएकाले प्रदान गरिएको रमक दुरुपयोग हुन नदिन बैंकमा खाता खोली राखिदिने व्यवस्था मिलाउन समेत आग्रह गरेका छन् । 


पहिरोले परियारको घर पूर्ण रुपमा क्षति भएकाले आवास पुननिर्माणको प्रक्रिया सम्बन्धित स्थानीय तहले तत्काल सुरुवात गर्न समेत प्रजिअ अधिकारीले निर्देशन दिए । 


यस्तै जिल्ला प्रशासन कार्यालय कास्कीले पहिरोमा पुरिएर मृत्यु भएका पोखरा–२७ सहेलापाटाका भिमबहादुर थापाको परिवारलाई राहत प्रदान गरेको छ । 


नेपाल सरकारको विपद् घटनामा परी मृत्यु भएका व्यक्तिको परिवारलाई राहत उपलब्ध गराउने सम्बन्धी मापदण्ड, २०७७ बमोजिम जिल्ला विपद् व्यवस्थापन कोषबाट थापाको परिवारलाई प्रशासनले २ लाख रुपैयाँ राहत प्रदान गरेको हो । 
 

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्

कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् ।   पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

थप पढ्नुहोस्