पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई कास्की प्रशासनको राहत
पाेखरा | असार ३१, २०८१

पोखरा: गत बिहीबार राति पहिरोमा पुरिएर मृत्यु भएका पोखरा–१९ तल्लाकोटका कुलबहादुर परियारको परिवारलाई राहत वितरण गरिएको छ ।
परियारको परिवारलाई जिल्ला विपद् व्यवस्थापन कोष र गण्डकी प्रदेश सरकारले राहत वितरण गरेको हो ।
जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख भरतमणी पाण्डेले नेपाल सरकारको विपद् घटनामा परी मृत्यु भएका व्यक्तिको परिवारलाई राहत उपलब्ध गराउने सम्बन्धी मापदण्ड, २०७७ बमोजिम जिल्ला विपद् व्यवस्थापन कोषबाट ५ लाख गण्डकी प्रदेश सरकारको तर्फबाट २ लाख गरी ७ लाख रुपैयाँ राहत रकम हस्तान्तरण गरिएको जानकारी दिए ।
असार २७ गते बेलुका पोखरा–१९ तल्लाकोटमा कुलबहादुर परियारको घर पहिरोले पुरिदा ७ जनाको मृत्यु भएको थियो । सोही पहिरोमा पुरिएर मृत्यु भएका स्याङ्जा स्थायी घर भएका मृतक कुलबहादुरको विवाहित छोरी प्रभा परियार ज्वाइँ अस्मित परिवारलाई आवश्यक कागजात सहित नजिकको नजिकको हकदार सम्पर्कमा आए पश्चात राहत उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।
उनले विपद् घटनामा परी मृत्यु भएका परियारका नाबालक छोरा बाहेकको अन्य सबै परिवारका सदस्यहरुको निधन भएकाले प्रदान गरिएको रमक दुरुपयोग हुन नदिन बैंकमा खाता खोली राखिदिने व्यवस्था मिलाउन समेत आग्रह गरेका छन् ।
पहिरोले परियारको घर पूर्ण रुपमा क्षति भएकाले आवास पुननिर्माणको प्रक्रिया सम्बन्धित स्थानीय तहले तत्काल सुरुवात गर्न समेत प्रजिअ अधिकारीले निर्देशन दिए ।
यस्तै जिल्ला प्रशासन कार्यालय कास्कीले पहिरोमा पुरिएर मृत्यु भएका पोखरा–२७ सहेलापाटाका भिमबहादुर थापाको परिवारलाई राहत प्रदान गरेको छ ।
नेपाल सरकारको विपद् घटनामा परी मृत्यु भएका व्यक्तिको परिवारलाई राहत उपलब्ध गराउने सम्बन्धी मापदण्ड, २०७७ बमोजिम जिल्ला विपद् व्यवस्थापन कोषबाट थापाको परिवारलाई प्रशासनले २ लाख रुपैयाँ राहत प्रदान गरेको हो ।
पोर्चुगल: वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । तनहुँ, भानु नगरपालिका–९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे ब...
काठमाडौं: नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ । केन्द्रीय बैङ्कले क, ख र ग वर्गका बैङ्क तथा वि...
काठमाडौं: जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न स्थानमा आगामी दुई महिनासम्म भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा ...