सिमलताल दुर्घटना:  बेपत्ता यात्रु र बसको बिहानैदेखि खोजी सुरु

चितवन | असार ३०, २०८१

सिमलताल दुर्घटना:  बेपत्ता यात्रु र बसको बिहानैदेखि खोजी सुरु

चितवन:     चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशूली नदीमा खसेका दुईवटा बस र त्यसमा रहेका यात्रुको अवस्था अझै अज्ञात रहेको छ ।


शुक्रबार र शनिबार सेना र सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरीले खोजी गरे पनि तीनजनाको मात्रै शव फेला परेको छ । जसमध्ये दुई जनाको पहिचान खुलेको छ ।


पहिचान खुल्नेमा सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साह रहेका छन् ।


बाँकी यात्रु र बसको आज पनि खोजी सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार आजबाट ठूलो चुम्बक प्रयोग गरेर बसको खोजी  गरिने छ ।


दुर्घटनास्थलको निरीक्षणका लागि आज गृहसचिव एकनारायण अर्यालसहित केन्द्रीय सुरक्षा प्रमुखहरु सिमलताल पुगेका छन् ।


गत शुक्रबार काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा खसेका थिए ।


काठमाडौंबाट गौरका लागि गएका बसमा २७ र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बसमा २४ यात्रु रहेको बताइएको छ ।

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको आयोजनामा नेपाल मै पहिलो पटक गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ आजबाट सुरु हुदैंछ । आज र भोलि पोखरा रंगशालामा हुने प्रतियोगितामा नेपालका १६ जना राष्ट्रिय स्तरका ब...

थप पढ्नुहोस्

पोखरा:   असोज ३ गते । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, जिल्ला समन्वय समिति, कास्कीले आफ्नो प्रथम जिल्ला परिषद्‌का अवसरमा शैक्षिक क्षेत्रमा योगदान गरेका विभिन्न व्यक्तिलाई बिहिवार पोखरामा सम्मान गरेक...

थप पढ्नुहोस्

पोखरा:   गण्डकी सरकारले बनाएर कार्यान्वयनमा रहेका केही कानून संशोधन गर्ने भएको छ ।   केही गण्डकी प्रदेश ऐन संशोधनको विधेयक संसद्मा दर्ता गरिएको छ ।   अहिले ५ वटा ऐन संशोधन ग...

थप पढ्नुहोस्