त्रिशूलीमा बेपत्ता तीनजनाको शव फेला

चितवन | असार २९, २०८१

त्रिशूलीमा बेपत्ता तीनजनाको शव फेला

चितवन:     नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९, सिमलतालमा पहिरोले बगाएको बसका बेपत्ता यात्रुमध्ये तीनजनाको शव भेटिएको छ । तीन शव भेटिएको र दुईजनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।


सर्लाहीको बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहारका २८ वर्षीय ऋषिपल साहको पहिचान खुलेको हो । साहको शव शनिबार बिहान ११ बजे भेटिएको थियो । माझीको शव साँझ भेटिएको हो । माझीका बुवा रवीन्द्रकिशोर र साहका दाजुले सनाखत गरेको प्रहरीले जनाएको छ ।

    
काठमाडौंबाट रौतहटको गौर जान आउँदै गरेको वाग्मती प्रदेश०३–००१ख २४९५ नम्बरको बसमा सवार दुवैजनाको शव नारायणी नदीको गाँजीपुर र नवलपुर क्षेत्रमा भेटिएको हो । ती शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।


सुरुकै दिनदेखि प्रहरीले बस तथा यात्रुको खोजी गरिरहेको छ । तर, अँध्यारो भएकाले साँझदेखि खोजीको काम रोकिएको छ । आइतबार बिहान ७ बजेदेखि पुनः काम सुरु गरिने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अनुसार, आइतबार गृहसचिवसहितका सुरक्षा निकायका प्रमुखले घटनास्थलको निरीक्षण गर्ने कार्यक्रम छ ।


शुक्रबार (हिजो) काठमाडौंबाट गौर जान आउँदै गरेको वाग्मती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र पर्साको वीरगन्जबाट काठमाडौंतर्फ जाँदैै गरेको वाग्मती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९, सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा खसेको थियो । गौर जान आउँदै गरेको बसमा २७ र काठमाडौं जाँदै गरेको बसमा सवार २४ जना बेपत्ता भएका थिए । 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्