निःशुल्क स्वास्थ्य शिविरमा ५ सय बढीको स्वास्थ्य परीक्षण

पाेखरा | असार २९, २०८१

निःशुल्क स्वास्थ्य शिविरमा ५ सय बढीको स्वास्थ्य परीक्षण

पोखरा:    पद्म नर्सिङ होम प्रा.लि.ले आयोजना  गरेको निःशुल्क स्वास्थ्य शिविरमा ५ सय भन्दा बढिले सेवा लिएका छन् । 


पद्म नर्सिङ होम प्रा.लि.पोखरा–३, नदिपुरको आयोजना एवं पोखरा महानगरपालिका वडा नम्वर ३ को सहकार्यमा शनिबार हस्पिटल प्राङ्गणमा सम्पन्न एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय भन्दा धेरै सेवाग्राहीले सेवा लिएका हुन् । 


कार्यक्रमका प्रमुख अतिथी पोखरा महानगरपालिका ३ का वडा अध्यक्ष प्रकाशमान उदासले बरिष्ठ नेत्ररोग विशेषज्ञ प्रा. डाक्टर सचेत प्रभात श्रेष्ठलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेर स्वास्थ्य शिविरको शुभारम्भ गरेका थिए । 


निःशुल्क स्वास्थ्य शिविरमा ५ सय भन्दा धेरैको स्वास्थ्य परिक्षण गरिएमा १ सय ४३ जना जनरल मेडिसिन र मुटु सम्बन्धि, ९५ आँखा सम्बन्धि, ५५ जना हाडजोर्नी तथा नसारोग सम्बन्धि, ७२ जना स्त्रीरोग सम्बन्धि, ४४ जना नाक कान घाँटी रोग सम्बन्धि, ५८ जना बालरोग सम्बन्धि, ३५ जना सर्जिकल सम्बन्धी र  १६ जना बाल दन्तरोग सम्बन्धि बिरामीहरुको निः शुल्क स्वास्थ्य परिक्षण गरिएको प्रा.लि. का प्रबन्ध निर्देशक नरेन्द्र बास्तोला जानकारी दिए । 


शिविरमा १ सय १८ जनाका जनाको भिडियो एक्सरे, १ सय ५२ जनाको ल्याब परिक्षण, ९५ जनाको मुटुको इसिजी, र ६६ जनाको एक्सरे गरिएको थियो भने बिरामीहरूका लागि आवश्यक औषधी समेत निःशुल्क वितरण गरिएको नर्सिङ होमले जनाएको छ । 


शिविरमा वरिष्ठ नेत्ररोग विशेषज्ञ प्रा. डाक्टर सचेत प्रभात श्रेष्ठ, बरिष्ठ रेडियोलोजिष्ट डाक्टर कालु शर्मा सुबेदी, बरिष्ठ मुटुरोग बिशेषज्ञ डाक्टर नारायण गौतम, फिजिसियन डाक्टर सुदर्शन सुवेदी र डाक्टर राजेन्द्र पौडेल, बरिष्ठ स्त्रीरोग बिशेषज्ञ डाक्टर महेन्द्रराज पाण्डे र डाक्टर सरिता गुरुङ्ग, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदिप नारायण अग्रहरी र डाक्टर अम्बालिका शाक्य, बरिष्ठ बालरोग विशेषज्ञ डाक्टर रामचन्द्र बास्तोला र डाक्टर राजन पौडेल, बरिष्ठ जनरल सर्जन डाक्टर ओम बहादुर कार्की, बाल दन्तरोग बिशेषज्ञ डाक्टर भावना सिग्देल, हाडजोर्नी तथा नशारोग बिशेषज्ञ डाक्टर नितेश मण्डल, मेडिकल अफिसर डाक्टर आश्ना बाटाजु, डाक्टर बिज्ञान कोइराला, डाक्टर स्वराज श्रेष्ठ लगायतका चिकित्सकको टोलीले बिरामीको स्वास्थ्य परिक्षण गरेका थिए भने प्रा.लि. मा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले उपचारमा सहजिकरण गरेका थिए ।  


स्वास्थ्य शिविर कार्यक्रमको शुभारम्भ गर्दै वडा अध्यक्ष उदासले स्वास्थ्य संस्थाहरुले आफ्नो सेवालाई सहज र प्रवाभकारी बनाउदै सेवामुलक रुपमा अगाडि बढ्नु पर्नेमा जोड दिए । 


पद्म नर्सिङ्ग होम सँगको सहकार्यमा आफ्नो वडाका नागरिकहरुलाई घरदैलोमा नै निःशुल्क उपचारको ब्यवस्था गर्न पाउदा खुसी लागेको उनको भनाई थियो । आगमी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिदै अध्यक्ष उदासले सेवा मुलक संस्थाहरुले आफ्नो दाहित्व भुल्न नहुने बताए । 


पद्म नर्सिङ्ग होम प्रा.लि.पोखरा–३,नदिपुरका अध्यक्ष इन्दिरा शर्मा सुबेदीले नागरिकको सहज स्वास्थ्य सेवा आफुहरुको उदेश्य रहेको भन्दै बिपन्न र असाहय नगरिकलाई सुलभ स्वास्थ्य सेवा दिन आफुहरु प्रयत्नशिल रहेको बताईन्। प्रा.लि.का प्रबन्ध निर्देशक नरेन्द्र बास्तोलाले स्वास्थ्य संस्थाहरुको उत्तरदायित्व नाफामुलक मात्रै नभएकोले सेवा भावलाई अगाडि बढाउन आफ्नो संस्था तयार रहेको भन्दै गाउँ घरका दुरदराजमा रहेका जनता सम्म स्वास्थ्य सेवाको पहुँच पुर्याउन आफुहरु लागि रहने बताए । 


उनले यस निःशुल्क स्वास्थ्य शिबिरमा सेवा लिएका र थप उपचार गर्नुपर्ने अवस्था देखिएका बिरामीहरूलाई विशेष छुटका साथ थप उपचार गराउने समेत बताए । गत बर्ष मात्रै न्युरोडबाट पोखरा ३ नदिपुर स्थित आफ्नै भवनमा सरेको नर्सिङ्ग होमले आफ्ना सेवाहरुलाई थप गर्दै लाने क्रममा छिट्टै डायलसिस सेवा समेत सुरु गर्न लागेको ब्यवस्थापक नरेश पौडेलले जानकारी दिए ।
 

बाँके:   चौथो नेपालगञ्ज फोटो फेस्टिबलअन्तर्गत फोटो प्रतिस्पर्धाका लागि फोटो आवेदन खुला गरिएको छ ।   फोटो पठाउने अन्तिम मिति यही असोज १७ गतेसम्म रहेको आयोजकले जनाएको छ ।   अ​न्...

थप पढ्नुहोस्

प्रथम पर्वतीय खुला दौड प्रतियोगिता सभ्य र भव्य रूपमा सफल पार्न पोखरा २२, पुम्दीभुम्दीवासीले सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् ।   बिहीबार पोखरा २२, वडा कार्यालय सभाहलमा भएको छलफलमा सहभागी विभिन्न सं...

थप पढ्नुहोस्

काठमाडौँ:    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको बताएक...

थप पढ्नुहोस्