रेड एडभाइजरी जारी गरेका जिल्ला र क्षेत्रमा रात्रिकालीन सवारी चलाउन रोक
काठमाडाैं | असार २८, २०८१
काठमाडौं: मनसुनका कारण उच्च जोखिमका सूचना जारी भएका सडक खण्डमा रात्रिकालीन सवारी चलाउन रोक लगाइने भएको छ।
शुक्रबार गृह मन्त्रालयमा गृहसचिवको नेतृत्वमा बसेको सुरक्षा निकायका साथै सरोकारवाला निकायसँगको छलफलले जल तथा मौसम पूर्वानुमान महाशाखाले रेड एडभाइजरी जारी गरेका जिल्ला र क्षेत्रमा रात्रिकालीन सवारी चलाउन रोक लगाउने निर्णय गरेको हो। त्यस्तो व्यवस्था यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरूले मिलाउने निर्णय भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सदनमा जानकारी गराए।
उनले टिकट काटेर मात्रै यात्रा गर्न आग्रह गर्दै टिकट काटे वा नकाटेको अनुगमन गर्न ट्राफिक प्रहरीलाई सक्रिय गर्ने निर्णय भएको बताए। सडक अवरुद्ध भएका स्थानहरूको जानकारी लिई त्यस स्थानमा पुग्नु अगावै सुरक्षित एवं खाद्यान्न, शौचालय लगायतको व्यवस्था भएका स्थानमा सवारी रोक्नुपर्ने व्यवस्था गर्ने निर्णय भएको लामिछानेले बताए।
ठूला सवारी साधन चल्न अनुमति नदिइएका अन्य मार्गहरूमा पटक पटक पटके परमिट काटी ठूला बस ट्रक लगायतका सवारी साधन चल्न दिने व्यवस्था तत्काल बन्द गर्ने पनि निर्णय पनि भएको उनले बताए। उनले चितवनमा पहिरोमा परेको बसेको खोजी कार्य तीव्रताका साथ अघि बढाइएको जानकारी दिए। बाढी र पहिरोका कारण ३८ जिल्ला प्रभावित भएको उनले बताए।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

