कोरोना सङ्क्रमण बढ्दै, आज ११३ सङ्क्रमित
काठमाडाैं | असार २२, २०७९
काठमाण्डौँ: कोरोना भाइरस सङ्क्रमण दैनिक बढिरहेको छ । आज एकै दिन ११३ जनामा सङ्क्रमण देखिएको हो । मङ्गलबार मात्र ९० जनामा सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सङ्गीताकौशल मिश्राले आज नियमित पत्रकार सम्मेलनमा दुई हजार ७२४ कोरोना परीक्षण गर्दा ११३ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ४७१ जना रहेका छन् ।
विगत २४ घण्टामा २० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुने सङ्ख्या नौ लाख ६७ हजार ५७५ पुगेको छ । यो दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल होम आइसोलेसनमा ४६९, संस्थागत आइसोलेसनमा दुई , भेन्टिलेटरमा एक र दुई जना सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

