गोल्डेन ड्र्यागनको १४ सिट क्षमताको भ्यान अब नेपालमा

काठमाडाैं | असार २६, २०८१

गोल्डेन ड्र्यागनको १४ सिट क्षमताको भ्यान अब नेपालमा

काठमाडौं:    अर्क्स ग्रुप प्रालिले चीनको विश्वविख्यात मोटर निर्माता कम्पनी गोल्डेन ड्र्यागनको १४ सिट क्षमताको विद्युतीय भ्यान नेपाली बजारमा ल्याएको छ ।


भ्यानमा विश्वको उत्कृष्ट ईभी ब्याट्री उत्पादक सीएटीएलले उत्पादन गरेको ५३ किलोवाट आवर ब्याट्री प्याक रहेको छ । जसले एक पटकको फुल चार्जमा ३०० किलोमिटर गुड्ने कम्पनीको दाबी छ । भ्यानमा ८० किलोवाट पिक पावरको मोटर जडित छ ।

 

गोल्डेन ड्र्यागनका भ्यानहरू विश्वका १२० भन्दा बढी देशमा निर्यात भइरहेको छ । नेपालमा अर्क्स ग्रुपले उच्च गुणस्तर र भरपर्दो सेवाको प्रतिबद्धतासहित भ्यान उपलब्ध गराउने जनाएको छ ।


अर्क्स ग्रुपले यस भ्यानको ५७ लाख रुपैयाँ तोकेको छ ।

 

यसैबीच, अर्क्स ग्रुपले गोल्डेन ड्र्यागनले उत्पादन गरेको १६ सिट क्षमताको विद्युतीय माइक्रोबस पनि नेपाल ल्याउने तयारी गरेको छ । गोल्डेन ड्र्यागनको विद्युतीय माइक्रोबस केही महिनाभित्र नेपाल आइपुग्ने अर्क्स ग्रुपले जनाएको छ ।


भ्यान र माइक्रोबस लामो दुरी र छोटो दुरीका विभिन्न यातायात सञ्चालक, एजेन्सी, ट्रेकिङ, अस्पताल, स्कुल, होटेल, कर्पोरेट कार्यालयलगायतका विभिन्न क्षेत्रका लागि अत्यन्तै उपयोगी र व्यवहारिक हुने विश्वास गरिएको छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्