तारा एअरको जहाज सम्पर्क बिहिन भएको छैन: तारा एअर
पाेखरा | असार १७, २०८१
पोखरा: ‘पोखराबाट जोमसोम लागि उडेको तारा एअरको जहाज सम्पर्क बिहिन’ खवर झुटो भएको तारा एअरले जनाएको छ ।
आज दिउँसो सामाजिक सञ्जालमा ‘पोखराबाट जोमसोम लागि उडेको तारा एअरको जहाज सम्पर्क बिहिन’ खवर सामाजिक सञ्जालमा एकाएक भाइरल भएपछि तारा एअरले विज्ञप्ति निकाल्दै खवर झुटो भएको जानकारी दिएको हो ।

तारा एअरले गलत मनशायको व्यक्तिले बदनियतपूर्वक समाजिक सञ्जालमा आज दिउँसो ‘तारा एअरको पोखराबाट जोमसोमको लागि उडेको जहाज सम्पर्क बिहिन’ भनि गलत समाचार तथा पोष्टहरु गरिएको भन्दै गलत र भ्रमपूर्ण समाचार सत्य नभएको जानकारी दिएको हो ।
तारा एयरले गलत समाचार सम्प्रेषण गर्ने तथा बननियतपूर्वक सामाजिक सञ्जालमा राख्ने विरुद्ध कानूनी कारवाही अगाडि बढाउने समेत जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

