पोखरामा पठाओ र इनड्राईभ ‘एप’ प्रयोग गरी यात्रु ओसार–पोसार गर्ने २६ सवारी प्रहरीको नियन्त्रणमा

पाेखरा | असार १०, २०८१

पोखरामा पठाओ र इनड्राईभ ‘एप’ प्रयोग गरी यात्रु ओसार–पोसार गर्ने २६ सवारी प्रहरीको नियन्त्रणमा

पोखरा:      पोखरामा निजी तथा सार्वजनिक सवारी साधनहरुले दर्ता नगरी अनाधिकृत मोवाईल एप (पठाओ, टुटल र इनड्राईभ)को प्रयोग गरी भाडामा यात्रु ओसार–पोसार गर्ने २६ सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । 


जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले पोखराको विभिन्न क्षेत्रबाट आइतबार २६ सवारीसाधन नियन्त्रणमा लिएको हो । 


जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डीएसपी बसन्तकुमार शर्माले पठाओ, टुटल र इनड्राइभ एप प्रयोग गरी निजी तथा सार्वजनिक सवारीमा यात्रु ओसार–पोसार गर्ने २२ वटा मोटरसाइकल र स्कुटर र ४ वटा ट्याक्सी नियन्त्रणमा लिएको बताए । 


‘निजी तथा सार्वजनिक सवारीले विभिन्न एपको प्रयोग गरी यात्रु ओसारपोसार गरेको गुनासो आएको थियो’, उनले भने, गण्डकी प्रदेश यातायात व्यवस्था कार्यालयमा दर्ता नगरी चलाइएका विभिन्न एपहरु प्रयोग यात्रुहरु ओसारपोसार गर्ने सवारी धनीहरुलाई नियन्त्रणमा लिएर एकपटक सम्झाई बुझाई गरी छोडेका छौं ।’


यातायात व्यवस्था कार्यालय कास्कीले अनधिकृत रुपमा एप मार्फत ‘राइड सेयरिङ’ प्रयोग गरी यात्रु ओसारपोसार गर्ने कार्य तरुन्त बन्द गर्न शुक्रबार सार्वजनिक सूचना जारी गरेको थियो । 
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्