पोखरा १३ लाई हेमजा भेट्रान्स कपको उपाधि
पाेखरा | असार ७, २०८१

पोखरा: हेमजामा सम्पन्न भएको हेमजा भेट्रान्स कपको उपाधि पोखरा १३ ले जितेको छ । शुक्रबार सम्पन्न भएको फाइनल खेलमा पोखरा १३ ले १२ नम्बर वडालाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
पोखरा १३ को जितको खेलको पहिलो हाफको ७ औं मिनेटमा नरेन्द्रजगं गुरुङले पहिलो गरे । साथै राजकुमार गुरुङले खेलको ६२ र ६६ औं मिनेटमा गरि थप २ गोल गर्न सफल भए ।
प्रतियोगिताको बिजेता पोखरा १३ ले नगद १ लाख ११ हजार ११ र उप–बिजेता पोखरा १२ ले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरे ।
साथै वडा न १२ का नितेस क्षेष्ठ प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित हदै नगद रु ५००० साथमा ट्रफी प्राप्त गरे । वडा न।१३ का राजकुमार गुरुङ सर्वाधिक गोलकर्ता, खम बहादुर गुरुङ उत्कृष्ट गोलरक्षक ,अमित परियार वेष्ट डिफेन्डर, बिजय कुमार वेष्ट मिडफिलड, नेरेन्द्रजगं गुरुङ बेष्ट फरवार्ड घोषित हुदै प्रत्यक विधामा नगद रु २००० साथमा ट्रफी प्राप्त गरे ।
प्रतियोगितामा पोखरा महानगरपालिका १३ वटा वडाका १४ टिमको सहभागिता रहेको थियो ।
हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरपालिकाको संरक्षणमा पोखरा–२५ हेमजा, गौरीशंकर खेलमैदानमा असार १ गते देखि जारी अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ शुक्रवार सम्पन्न भएको हो ।
रामेछाप: नेपाली सेनाले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटस्थित सुनकोसीको बेलिब्रिज मर्मत सुरु गरेको छ । गत कात्तिकमा निर्माण गरिएको बेलिब्रिजमा प्रयोग भएका केही नटबोल्ट खुस्किएर जोखिम बढेपछि मर्मतका ...
बाजुरा: बाजुराको बडीमालिका दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा एक जना तीर्थयात्रीको भीरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका–५ काठमाडौंका ५२ वर्षीय विप्लव ओझा रहेको जिल्ल...
पोखरा: पोखरा महानगरपालिका वडा नं १५ द्वारा आयोजित आर्थिक वर्ष २०८१÷२०८२ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । स्थानीय सरकार र नागरिकहरूका बिचमा दोहोरो संवाद स्थापित गर्दै वि...