शिवशक्तिमा आँखा शिविर, झण्डै ४ सय जना लाभान्वित
पाेखरा | असार ६, २०८१
पोखरा: नेपाल यूवा रेडक्रस सर्कल शिवशक्ति माविको आयोजनामा सम्पन्न नि:शूल्क आँखा शिविरबाट झण्डै ४ सय जना लाभान्वित भएका छन् ।
पोखरा ११ स्थित नेपाल यूवा रेडक्रस सर्कल शिवशक्ति माविको आयोजनामा बुधबार विद्यालयमा भएको शिविरबाट झण्डै ४ सय जना लाभान्वित भएका हुन् ।
कार्यक्रमको पोखरा महानगरपालिका वडा नं ११ का वडा अध्यक्ष प्रेमप्रसाद कर्मचार्यले उद्घाटन गरे । उनले शारीरिक स्वस्थता मानिसको आवश्यकता रहेको बताए । उनले आँखाको नानी जीवनको केन्द्र रहेको बताउँदै आँखा सुरक्षासम्बन्धी सचेतना विद्यालय तहबाटै बढाउन आवश्यक रहेको बताए ।
हिमालय आँखा अस्पतालका निर्देशक धर्मेन्द्रकुमार घोडासैनीले विद्यालय स्तरमा आँखा सुरक्षासम्बन्धी कार्यक्रम निकै प्रभावकारी कार्यक्रम रहेको औल्याउँदै शरिरको सबैभन्दा संवेदनशिल अंग आँखाको सुरक्षामा ध्यान दिन विद्यार्थीलाई आग्रह गरे ।
जुनियर यूवा रेडक्रस समिति संयोजक रमेशराज भण्डारीले कार्यक्रमका हिसावले नमुना विद्यालयको रुपमा शिवशक्तिलाई लिएको बताउँदै यस्तै उदाहरणीय कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रममा सल्लाहकार सूर्यप्रसाद तिमिल्सिना, शिक्षक गोविन्द प्रसाद अधिकारी, गुरुप्रसाद तिवारी, राजकुमार गुरुङ लगायतले बोलेका थिए ।
कार्यक्रममा डा प्रेरणा भण्डारी, सन्ध्या ढकाल, एलिना अधिकारी र प्रमिला पौडेलसहितको टोलिले आँखाको चेकजाँच गर्नुका साथै आँखा स्वास्थ्य सम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा १५ जनालाई निःशूल्क चस्मा वितरण गरिएको शिक्षक नायक शर्मिला बराल सापकोटाले जानकारी दिइन् ।
ने.यू.रे.स. शिवशक्ति माविका अध्यक्ष यूवती जिसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक नायक शर्मिला बराल सापकोटाले गरेकी थिइन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

