हेमजा भेट्रान्स कप: वडा ६, १० र २५ क्वाटरफानलमा प्रवेश
पाेखरा | असार ३, २०८१
हेमजा: हेमजा यूनाइटेडको आयोजना जारी अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ को दोस्रो दिन ३ खेल सम्पन्न भएको छ ।
वडा ६ ले वडा१५ लाई २–० गोल अन्तरले पाराजित गर्दै अन्तिम आठमा स्थान बनायो ।
यस्तै वडा १० ले वडा २० लाई ३–१ गोलले हरायो । वडा २५ ले वडा २९ लाई ५–२ को गोल अन्तरले पराजित गर्दै वडा न ६, १० र २५ क्वाटरफाईनलमा प्रवेश गरेको हो ।
असार ७ गतेसम्म चल्ने अन्तर वडास्तरीय हेमजा भेट्रान्स कप २०८१ को प्रथम पुरस्कार रु १ लाख १ हजार १ सय ११ र द्धितिय पुरस्कार ५५ हजार ५ सय ५५ रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमणपत्र रहेको छ ।
साथै सर्वोकृष्ट खेलाडीलाई नगद रु ५ हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिलडर, फरवार्डलाई प्रत्यक विधामा नगद रु २ हजार साथमा ट्रफी प्रदान गरिने छ ।
क्वाटरफाईनल देखिका खेलहरुमा म्यान अफ दि म्याच घोषित गरि ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

