प्रदेशस्तरीय टि–२० क्रिकेट: कास्कीको अपराजित फाइनल यात्रा

पाेखरा | असार ३, २०८१

प्रदेशस्तरीय टि–२० क्रिकेट: कास्कीको अपराजित फाइनल यात्रा तस्बिर: बसन्त शेर्पा

पोखरा:   गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटमा कास्की उपाधि नजिक पुगेको छ ।

 

कास्कीले लिग चरणका सम्पूर्ण तीन खेलमा जीत हात पार्दै उपाधि नजिक पुगेको हो । समुह ‘ए’को अन्तिम खेलमा बलियो मानिएको तनहुँलाई ७७ रनले जित हात पार्दै कुल ६ अंकका साथ फाइनलमा स्थान पक्का गरेको छ ।

 

पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा जारी प्रतियोगितामा टस जितेर व्याटिङ रोजेको कास्कीले २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनायो । खेलको म्यान अफ दि म्याच समेत रहेका कास्कीका अर्जुन कुमालले ३५ बलमा सात चौका  दुई छक्का प्रहार गर्दै व्यक्तिगत ५८ रनको योगदान दिए भने त्यस्तै अभिशेक थापा नट आउट रहँदै ११ बलमा २ छक्का र एक चौकाको सहयोगमा २६ रन जोडे ।

 

त्यस्तै कास्कीका सोहेल कुंवरले २३, मुस्कान थापाले ११ र सिव्रीन श्रैष्ठले १० रनको योगदान दिए ।

 

बागलुङका लागि चन्द्रकान्त पौडेल, प्रदिप अर्याल, दिनेश वुढा मगर र अलिक श्रेष्ठले समान १–१ विकेट लिए ।

 

यता जवाफी व्याटिङमा उत्रिएको तनहुँ १८ ओभरमा सबै १० विकेट गुमाउँदै ९४ रनमात्रै जोड्न सक्यो । तनहुँका दिनेश बुढाले ४१ रनको योगादन दिंदा कप्तान समिर कंडेलले २२ र दिपेश अधिकारीले १८ रन बनाउनु बाहेक अन्य खेलाडी दोहोरो रन छुन सकेनन् ।

 

कास्कीका लागि कृष्ण पौडेलले उत्कृट बलिङ गर्दै ३ ओभरमा २ मेडनका साथ ४ रन दिएर ३ विकेट हात पारे भने विपिन खत्रीले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिए ।

 

त्यस्तै सुभास भण्डारीले २ विकेट र नितेश गिरीले १ विकेट लिए ।

 

यता आज नै ग्रुप समुहमा ‘ए’मा नै भएको प्रतिस्ठा जोगाउने खेलमा बागलुङ २९ रनले विजयी भएको छ । म्याग्दी विरुद्ध पारीको सुरुवात गरेको बाग्लुङ १८.१ ओभरमा सबै विकेट गुमाउँदै ७६ रन मात्रै बनाउन सक्यो ।

 

म्याग्दीका हरि सुवेदीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १३ रन दिएर ५ विकेट लिए । जवाफी व्याटिङमा उत्रिएको म्याग्दी १६.१ ओभरमा सबै विकेट गुमाउँदै ४७ रनमा समेटियो ।

 

बागलुङलाई जित दिलाउन संचार निउरेले ६ विकेट लिए । उनले आफ्नो चार ओभरको स्पेलमा १० रन मात्रै दिए । उनी खेलको म्यान अफ दि म्याच घोषित भए ।

 

प्रतियोगिता अन्तर्गत सोमबार समुह ‘बी’को पहिलो पर्वत र नवलपुरका बीच हुनेछ भने दोस्रो खेल स्याङजा र गोरखाकाबीच हुनेछ ।

 

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनौट समेत रहेको प्रतियोगितामा विजेता टिमलाई नगद पुरस्कार १ लाख र उपविजेता टिमलाई नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

 

यसै गरी महिलातर्फ हुने प्रतियोगिता असार ७ देखि १० गते सम्म सञ्चालन हुनेछ ।

काठमाडौं:  नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस ९ गते बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा यही पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको १५औँ म...

थप पढ्नुहोस्

काठमाडौं:   काठमाडौं महानगरपालिकाको शिक्षा विभागले १०७ विद्यालयललाई सम्पर्कमा आउन सूचना सार्वजनिक गरेको छ । महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रुपमा सञ्चालनमा नरहेको पाइएपछि सम्पर्कमा आउन सूचना सार्व...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा आगामी माघ ९ देखि १७ गतेसम्म हुने छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा चार विदेशी क्लबसहित चौध टिमको सहभागित...

थप पढ्नुहोस्