तनहुँको मानपुर र नवलपुरको बुलिङटार जोड्ने सडकमा धमाधम कालोपत्र

पाेखरा | जेठ ३२, २०८१

तनहुँको मानपुर र नवलपुरको बुलिङटार जोड्ने सडकमा धमाधम कालोपत्र सांकेतिक तस्बिर

पाेखरा:  तनहुँको घिरिङ गाँउपालिका ४ मानपुरदेखि नवलपुरको डेडगाँउ जोडने सडकको कालोपत्र (अल्फास्ट) धामधम भएको छ ।

 

गण्डकी प्रदेशको गौरव आयोजना अन्तरगत रहेको मानपुर–डेडगाउँ–बुलिङटार जोड्ने सडकखण्डको कालोपत्रेको काम तिब्र रुपमा भइरहेको पूर्वाधार विकास कार्यालय पोखराले जनाएको छ ।

 

उक्त सडकखण्डको निर्माण हेटौंडाको सपना निर्माण सेवाले गरिरहेको छ ।

 

कुल ११ किलोमिटर रहेको सडकको हालसम्म ९० प्रतिशत भागमा कालोपत्र भइसकेको छ भने बाँकी १० प्रतिशतका लागि अल्फास्ट पिच गर्ने तयारी भइरहेको छ ।

 

११ किलो मिटर कालोपत्रेको लागि विनियोजित बजेटमा १० किलोमिटर सडक कालोपत्रे पुरा भएको छ । 

 

सो सडकखण्ड नवलपुरको त्रिवेणी नाका र मुस्ताङको कोरला नाका जोड्ने सडकखण्ड अन्तरगत पर्छ ।


 

धादिङ:     एक साताअघिको बाढी र पहिरोमा परी ज्यान गुमाएका तीन जनाको परिवारलाई घरमै पुगेर राहत उपलब्ध गराइएको छ ।           पानी परिरहेका बेला शरीर भिज्नबाट जो...

थप पढ्नुहोस्

बाँके:     खजुरा गाउँपालिका–६ स्थित गिजरा सामुदायिक वनबाट शुक्रबार एउटा चितुवालाई नियन्त्रणमा लिइएको छ ।  चितुवा बस्तीमा पस्न थालेको स्थानीयको गुनासो आएपछि बर्दिया राष्ट्रिय निकुञ्ज,...

थप पढ्नुहोस्

काठमाडौं:    एरिका गुरुङ इटालीमा आयोजना हुने १३औँ विश्व कराते च्याम्पिन्सिपमा प्रतिस्पर्धा गर्ने भएकी छिन् ।  यही असोज २३ देखि २७ गतेसम्म इटालीको भेनिसमा आयोजना हुने प्रतियोगितामा नेपालको ...

थप पढ्नुहोस्