पोखरा १५ मा फुटसल प्रतियोगिता सुरु

पाेखरा | जेठ ३१, २०८१

पोखरा १५ मा फुटसल प्रतियोगिता सुरु

पोखरा:   पोखरा महानगरपालिका १५ मा दिव्यज्योति क्लबको आयोजनामा आज (बिहीबार) देखि पहिलो संस्करणको फुटसल प्रतियोगिता सुरु भएको छ ।

 

पोखरा महानगरपालिका १५ भित्रका क्ललाई लक्षित गर्दै आयोजित प्रतियोगिता न्यू एयरपोर्ट फुटसल खेल मैदानमा आजदेखि सुरु भएको सह–संयोजक शैलेश गुरुङले जानकारी दिए । 

 

उ​नका अनुसार सो प्रतियोगितामा पहिलो चरणका खेल सकिएका छन् ।

 

कुल २१ टिमको सहभागिता रहेको प्रतियोगिताको दोस्रो चरणका खेल अन्तरगत रेन्बो एकेडेमीलाई फुटसल भाइब्सले ३–० गोल अन्तरले पराजित गर्याे ।

 

यस्तै अर्काे खेलमा एमएम एफसीले बेलबोट एफसीलाई ६–१ गोल अन्तरले सहजै पराजित गर्याे । ब्रदरहुड एफसीलाई टुटुङ्गा एफसीले पेनाल्टी सुटआउटमा हराउँदै टुटुङ्गा  विजयी बन्यो ।

 

अब बाँकी खेलसहित फाइनल खेल शुक्रबार सम्पन्न हुने सहसंयोजक गुरुङ जानकारी दिए । 

 

उक्त प्रतियोगिताको उद्घाटन पोखरा १५ का वडाध्यक्ष तोरण बाँनियाले उद्घाटन गरे सो अवसरमा बोल्दै वडाध्यक्ष बाँनियाले खेलकुदले सबैलाई एकताको सुत्रमा बाध्ने उल्लेख गरे ।

 

उनले स्थानीय स्तरमा सञ्चालन हुने प्रतियोगिताले नयाँ खेलाडीको उत्पादनमा सघाउ पुर्याउने धारणा राखेका थिए ।


पोखरा १५ भित्रका कुल २१ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजताले नगद रु ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु २० हजार, शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
 

पोखरा:      गण्डकी प्रज्ञा–प्रतिष्ठानले चालु आर्थिक वर्ष  ०८०/०८१ मा तय गरेका सबै कार्यक्रम सम्पन्न गरेको दावी गरेको छ । यसरी सम्पन्न कार्यक्रमको असार २१ र २२ गते प्राज्ञ सभाको सातौं पूर्ण ...

थप पढ्नुहोस्

काठमाडौं:     उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लगातारको वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई न...

थप पढ्नुहोस्

तनहुँ:     पृथ्वीराजमार्गअन्तर्गत जिल्लाको शुक्लागण्डकी–७ शेराटारमा रहेको अस्थायी कल्भर्ड बाढीले बगाएपछि सवारी आवतजावत पूर्ण रुपमा बन्द भएको छ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण खो...

थप पढ्नुहोस्