फेवा सिरानको प्लटिङ् र मापदण्डको चर्चा राष्ट्रियसभामा, पोखरा महानगरलाई आरोप

पाेखरा | असार २१, २०७९

फेवा सिरानको प्लटिङ् र मापदण्डको चर्चा राष्ट्रियसभामा, पोखरा महानगरलाई आरोप

पोखरा:  पोखराको फेवातालको मुहान भनिने पामे क्षेत्रमा भएको प्लटिङको विषयमा आज राष्ट्रियसभामा चर्चा चलेको छ । 

 

सभाका सदस्य खिमलाल देवकोटाले तालको सिरानमै धमाधाम प्लटिङ् भएकोमा चिन्ता व्यक्त गर्दै यसले फेवाको आयु घटाउँदै लगको बताएका छन् । सोही प्रसंगमा देवकोटाले भने, ‘ मैले केटाकेटीमा देखेको फेवातालको आधा भाग अतिक्रमित छ । भूमाफिया र दलालहरुको चंगुलमा छ । फेवातालको पानीको स्रोत र मुहान हर्पनखोला माथिको मानवीय दमन र हिंसा झन् कहालीलाग्दो छ ।’

 

फेवासँग बाल्यकालीन सम्झनालाई उजागर गर्दै उनले पामेबजारसम्म फेवाताल फैलिएको सुनाए । ‘ढुंगा, गिट्टी, बालुवालगायतका नाममा यसको निरन्तर दोहन भइरहेको छ’ उनले भने ‘दोहन लगायतका कारण फेवाताल निरन्तर पुरिँदैछ । पानीका स्रोतहरु मेटिँदैछन् ।’

 

ताल संरक्षणमा प्रमुख भूमिका खेल्नुपर्ने पोखरा महानगरपालिकाले नै फेवाको अस्मितामाथि खेलवाड गरेको देवकोटाको आरोप छ । फेवातालको मापदण्ड साविक ६५ मिटर नै कायम राख्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएपनि महानगरपालिकाले खुट्टा कमाएको उनले टिप्पणी गरे । 

 

त्यस्तै, जिल्ला विकास समिति कास्कीका पूर्वसभापति पूण्यप्रसाद पौडेलको संयोजकत्वमा फेवाताल संरक्षण लगायतका लागि प्रतिवेदन पेस गर्न गठित समितिको २०७८ भदौ २८ को प्रतिवेदन सार्वजनिक गर्न समेत उनले माग गरेका छन् । 

 

सभामा भावुक शैलीमा प्रस्तुत भएका देवकोटाले सिमसार क्षेत्रमा कंक्रिटको जंगल बढ्दै गरेको, पानीको मुहान छेकेर प्लटिङ गरेको भन्दै यसलाई तत्काल नरोके फेवातालको आयु शताब्दी हाराहारीमा भएको उल्लेख गरे । 

 

‘फेवातालको गरिमा बचाउन सरकारी संयन्त्रहरु संवेदनशील भएनन् । यसको अस्मितामाथि नै चारैतिरबाट लुट भइरहँदा टुलुटुल हेरेर बसे’ देवकोटाको भनाई छ ।

काठमाडौं ।  जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ।   मुभमेन्टका प्रवक्ता विजय...

थप पढ्नुहोस्

तनहुँ ।   गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ ।   नेपाल पर्यटन बोर्ड...

थप पढ्नुहोस्

पोखरा:    ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ ।   गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

थप पढ्नुहोस्