राजीवको मन्त्रीमा डबल ह्याट्रिक, फ्लोर क्रस गरेका देवकोटा पनि मन्त्री
पाेखरा | जेठ २९, २०८१
पोखरा: स्वतन्त्र सांसद राजीव गुरूङ छैटौं पटक मन्त्री बनेका छन् ।
यससँगै उनको मन्त्री पदमा डबल ह्याट्रिक पुरा भएको छ ।
यस्तै फ्लोर क्रस गरेर आफुलाई विश्वासको मत दिएका माओवादी केन्द्र संसदीय दलका सदस्य फणीन्द्र देवकोटालाई पनि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रीमा नियुक्त गरे ।
राजीवलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी र देवकोटालाई उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ । यी दुवै मन्त्रीले पद तथा गोपनियताको शपथ लिए ।
विश्वासको मत दिएको राप्रपा भने तत्काल सरकारमा नजाने भएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

