राजीवको मन्त्रीमा डबल ह्याट्रिक, फ्लोर क्रस गरेका देवकोटा पनि मन्त्री
पाेखरा | जेठ २९, २०८१
पोखरा: स्वतन्त्र सांसद राजीव गुरूङ छैटौं पटक मन्त्री बनेका छन् ।
यससँगै उनको मन्त्री पदमा डबल ह्याट्रिक पुरा भएको छ ।
यस्तै फ्लोर क्रस गरेर आफुलाई विश्वासको मत दिएका माओवादी केन्द्र संसदीय दलका सदस्य फणीन्द्र देवकोटालाई पनि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रीमा नियुक्त गरे ।
राजीवलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी र देवकोटालाई उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ । यी दुवै मन्त्रीले पद तथा गोपनियताको शपथ लिए ।
विश्वासको मत दिएको राप्रपा भने तत्काल सरकारमा नजाने भएको छ ।
पोखरा । दशौं पोखरा स्पोर्ट्स अवार्ड–२०८२ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ का लागि मनोनयनमा परेका खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रका...
पोखरा: लेखक, इतिहासकार तथा अधिवक्ता मनोज घर्तीमगरद्वारा लिखित अनुसन्धानमुलक इतिहासका दुइ पुस्तक बजारमा आएका छन् । ‘‘मगर जातिको इतिहास’’ र “भर्तीको फन्...
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा पत्रकार मोहन घलेले आर्थिक सहयोग गरेका छन् । पत्रकार घलेले अक्षयकोषमा नगद १० हजार...

