एमाले पोखरा महानगर कमिटीमा जीवन आचार्य निर्वाचित
पाेखरा | जेठ २१, २०८१
पोखरा: नेकपा एमाले पोखरा महानगर कमिटीको अध्यक्षमा जीवन आचार्य निर्वाचित भएका छन् ।
सोमबार सम्पन्न भएको मतगणनामा आचार्यले २ सय ७७ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी दीपक पौडेलले २ सय १० मत पाए ।
यस्तै उपाध्यक्षमा २सय ८४ मतसहित नरेन्द्र ढुङ्गाना निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी मोहन गुरुङले २ सय ३ मत प्राप्त गरे ।
सचिवमा २ सय ७० मतसहित सुशिल बस्नेत निर्वाचित भए । उपसचिवमा विष्णुप्रसाद गौतम र महिला उपसचिवमा हरिमाया विश्वकर्मा निवाचित भए ।

बिहान ८ बजेपछि सुरु भएको मतदान साढे १२ बजेतिर सकिएको थियो । मतदानका लागि २४ वटा विद्युतीय मतदान मेसिन राखिएको थियो ।
४ सय ९८ मतदाता रहेका ४ सय ८८ मत खसेको निर्वाचन समितले जनाएको छ ।
महानगरमा हुने १ सय १ पदमध्ये निर्वाचन हुने ८७ मध्ये २२ जना सदस्य निर्विरोध भइसकेका छन् ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

