एक महिनामा ९० हजार पर्यटक भित्रिए

काठमाडाैं | जेठ २०, २०८१

एक महिनामा ९० हजार पर्यटक भित्रिए

काठमाडौं:    नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार, गत मे महीनामा ९० हजार २११ जना विदेशी पर्यटक नेपाल आएका हुन्। 


सन् २०२३ को तुलनामा यस वर्ष पर्यटक आगमन १६.१० प्रतिशतले वृद्धि भएको बोर्डले जनाएको छ। सन् २०२३ को मे महीनामा ७७ हजार ७०३ जना विदेशी पर्यटक नेपाल आएका थिए।


कोभिड-१९ महामारीपूर्व ७८ हजार ३०० विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। विदेशी पर्यटक आगमन उत्साहजनक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए। “समग्रमा पर्यटक आगमन उत्साहजनक देखिन्छ। तुलनात्मक रुपमा भारत र अमेरिकाबाट धेरै सङ्ख्यामा पर्यटक भित्रिए पनि चीनबाट अपेक्षित रुपमा पर्यटक बढेका छैनन्,” लामिछानेले भने।


गत महीनामा झै यो पटक पनि सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट ३८ हजार २८८ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्। यो अवधिमा चीनबाट आठ हजार ३८१ जना पर्यटक नेपाल आएका छन्। अमेरिकाबाट आठ हजार ५२७ पर्यटक नेपाल भ्रमणमा आएको बोर्डले जनाएको छ।
 

काठमाडौं:     आयोजक जर्मनीलाई स्तब्ध बनाउँदै स्पेन युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको प्रतिस्पर्धात्मक खेलमा जर्मनीलाई २–१ गोल अन्तरले हराउँदै स्पेन अन्तिम चारमा ...

थप पढ्नुहोस्

पोखरा:    गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका २१ खेलाडीलाई प्रोत्साहन सहित सम्मान गरेको छ ।  विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भई पदक जितेका खेलाडीला...

थप पढ्नुहोस्

पोखरा:    पोखरा महानगरपालिका–१४ का स्थानीयहरुले मणिपाल शिक्षण अस्पतालमा स्वास्थ्य उपचार गर्दा छुट पाउने भएका छन् ।  मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविल र पोखरा...

थप पढ्नुहोस्