पत्रकार नेपाल पुरस्कृत, फिल्मकर्मी शेरचन सम्मानित

पाेखरा | जेठ २०, २०८१

पत्रकार नेपाल पुरस्कृत, फिल्मकर्मी शेरचन सम्मानित

पोखरा:    पत्रकार विजय नेपाल ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार–२०८०’ बाट पुरस्कृत भएका छन् । यस्तै, अग्रज फिल्मकर्मी विनोद शेरचन सम्मानित भए । 


चलचित्र पत्रकार संघ नेपाल कास्कीको शनिबार छैटौं साधारणसभा जितप्रसाद द्वा चलचित्र पत्रकारिता २०८० अर्पण तथा सम्मान कार्यक्रमको अवसरमा पोखराका मेयर धनराज आचार्यले पत्रकार नेपाललाई नगद ३५ हजार र सम्मान पत्र सहित पुरस्कृत गरे । 


पाल्पा जिल्लाको रिब्दीकोट–७, मैनादीका नेपाल २० वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । संघका पूर्व सहसचिव उनी हाल राजधानी र आदर्श समाज दैनिकमा कार्यरत् छन् । 


यसअघि सो पुरस्कारबाट श्रीराम सिग्देल, रेम विक र राजाराम पौडेल सम्मानित भएका थिए । यसअघि, २५ हजार रहेकोमा यसपालि पुरस्कार राशि १० हजार थप भएको हो । 


सो अवसरमा फिल्म क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै पोखरा १०  निवासी शेरचनलाई संघले सम्मान गरेको हो । २०४५ सालमै फिल्म निर्माणमा लागेका शेरचनका कन्यादान, तृष्णा, बादलपारि, दुनियाँ चलेका फिल्म हुन् ।


प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा फिल्म छायांकनका लागि खुला स्टुडियो भएको बताए । 


विशेष अतिथि चलचित्र पत्रकार संघ नेपाल अध्यक्ष समीर बलामीले संघका देशभर १५ शाखामध्ये कास्की सबैभन्दा सक्रिय रहेको बताए । 


साधारणसभाले सचिव सन्तोष बस्याल र कोषाध्यक्ष सुरक्षा श्रेष्ठको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । 


२०६० असार २२ सालमा स्थापना भएको संघ कास्कीमा हाल ५५ सदस्य छन् ।
 

मुस्ताङ:  हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् । नियमित उडान भर्दै आएका कम्पनीहरू समिट एयरलाइन्स र तारा ...

थप पढ्नुहोस्

काठमाडौं:  त्रिभुवन विश्वविद्यालयका १६ हजार विद्यार्थी दीक्षित भएका छन्। दशरथ रगंशालामा आज ९बिहीबार० भएको ५१औँ दिक्षान्त समारोहमा आज १६ हजार ३८० विद्यार्थी दीक्षित भएका हुन्।  त्रिविबाट यस नर्ष स्ना...

थप पढ्नुहोस्

काठमाडौं:  कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु भएको छ ।  नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले निमेशको निधनप्रति दुःख व्यक्त गर्दै कोशी प्रदेशले कुशल र प्रतिभ...

थप पढ्नुहोस्