पोखरामा साइकल चोरी गरेको आरोपमा नाबालकसहित ४ जना पक्राउ
काठमाडाैं | जेठ १९, २०८१
पोखरा: पोखरामा साइकल चोरी गरेको आरोपमा नाबालकसहित ४ जना पक्राउ परेका छन् । साइकल चोरी गरेको आरोपमा वडा प्रहरी कार्यालय बैदामले २ नाबालकसहित ४ जनालाई जिरोकिलोमिटरबाट पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका ५ जिरोकिलोमिटर स्थित फर्निचर उद्योगमा चोरीका साईकल किनवेच गरिरहेको अवस्थामा चोरीका ६ थान साईकलसहित ४ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
सिन्धुपाल्चोकका ५१ वर्षीय भिमसेन थामी, स्याङजाका २४ वर्षीय मदन सुनार र कास्कीका १४ वर्षीय र १७ वर्षीय दुई बालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी शर्माले बताए । उक्त साइकल कसैको चोरी भएको भएमा प्रमाण लाग्ने कागजातसहित सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।
पोखरा: पोखरामा पुस ११ गतेदेखि २२ औं माछापुच्छे« पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा हुने प्रति...
पोखरा: कास्कीको लेखनाथमा पुसको ३ गते देखि जारी २१ औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । &...
पोखरा: पोखराका क्रियाशिल युवा धनबहादुर गुरुङ पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले बुधबार काठमाडौंम...

