स्वस्थ र सकारात्मक जीवनका लागि अध्यामिक ज्ञान आवश्यक: प्रदेश प्रमुख भट्ट

पाेखरा | जेठ १९, २०८१

स्वस्थ र सकारात्मक जीवनका लागि अध्यामिक ज्ञान आवश्यक: प्रदेश प्रमुख भट्ट

पोखरा:    गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले स्वस्थ र सकारात्मक जीवन महत्वपूर्ण रहेकाले यसका लागि अध्यात्मिक ज्ञान आवश्यक रहेको बताउनुभएको छ । 


सभ्य समाज निर्माणका लागि ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्दै आएकोमा उहाँले आभार पनि व्यक्त गर्नुभयो ।  


प्रदेश प्रमुख भट्टको स्वागत तथा सम्मानमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र, क्षेत्रीय कार्यालय पोखराले आयोजना गरेको परिचयात्मक स्नेह मिलन कार्यक्रममा प्रदेश प्रमुख भट्टले आफू यस विश्वविद्यालयको अभियानसँग लामो समयदेखि परिचित रहेको र नजिकबाट चिनेको बताउनुभयो । 


उहाँले अध्यात्म चिन्तनबाट समाजलाई सकारात्मक रुपान्तरण र शान्ति स्थापना गर्नका लागि सक्रिय रुपमा महत्वपूर्ण भूमिका खेलेको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको माननीय प्रदेशप्रमुखले मुक्तकण्ठले प्रशंसा पनि गर्नुभयो ।


‘समाजमा देखिएका विकृति, विसंगति, वेथितिलाई निरुत्साहित गर्नका लागि अध्यात्मिक ज्ञान आवश्यक छ । सुशासन कायमसँगै सकारात्मक समाज निर्माणका लागि ब्रह्कुमारी ईश्वरीय विश्वविद्यालयको ठूलो देन छ ।’ – प्रदेश प्रमुख भट्टले भन्नुभयो ।


सुन्दर विचारले जीवन सार्थक बन्ने भन्दै विचार सुन्दर पार्न ध्यान, प्रार्थना, योगको महत्वपूर्ण योगदान दिने बताउनुभयो । 


प्रदेश प्रमुख भट्टलाई निर्देशक तथा अध्यक्ष राजयोगिनी ब्रह्माकुमारी परनीता दिदी, महासचिव ब्रह्माकुमार शैलेषराज बराल, क्षेत्रीय प्रमुख ब्रह्माकुमारी शोभा दिदी, ब्रह्माकुमार लोकनाथ काफ्ले लगायतले स्वागत तथा सम्मान गर्नुभएको थियो ।  


प्रदेश प्रमुख भट्टले पोखराको फूलबारीमा बन्दै गरेको ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रको निर्माणाधिन भव्य भवनको पनि अवलोकन गर्नुभयो । ३५ करोड बढी लागतमा क्षेत्रीय कार्यालय भवन निर्माण भइरहेको छ ।

तनहुँ:     पृथ्वीराजमार्गअन्तर्गत जिल्लाको शुक्लागण्डकी–७ शेराटारमा रहेको अस्थायी कल्भर्ड बाढीले बगाएपछि सवारी आवतजावत पूर्ण रुपमा बन्द भएको छ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण खो...

थप पढ्नुहोस्

काठमाडौं:     पोर्चुगललाई हराउँदै फ्रान्स युरो कप–२०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति जर्मनीको ह्यामबर्गमा सम्पन्न खेलमा पेनाल्टी सुटआउटमा पोर्चुगललाई पराजित गर्दै फ्रान्स सेमिफाइनल पुगेक...

थप पढ्नुहोस्

सिन्धुली:     लगातारको बर्षाले सिन्धुलीस्थित दुई ठुला राजमार्ग अबरुद्द भएको छ । बिपी राजमार्गको सुनकोसी गाउपालिका–२ कमिरेफाँटमा माथिबाट लेदो झरेर सडक अवरुद्द भएको जिल्ला प्रहरी कार्यालय सिन्धुल...

थप पढ्नुहोस्