सगरमाथा आरोहण गरेर फर्कने क्रममा निधन भएका बस्ताकोटीको अन्त्येष्टि
पाेखरा | जेठ १८, २०८१
पोखरा: सगरमाथा आरोहण गरेर फर्कने क्रममा निधन भएका पोखराका विनोदबाबु बस्ताकोटीको मरेखरे घाटमा शुक्रबार अन्त्येष्टि गरिएको छ । बस्ताकोटीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पोखरा सभागृह परिसरमा राखिएको थियो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापा लगायतले उनलाई श्रद्धाञ्जली दिए । बस्ताकोटीलाई वडा नम्बर २६ ले वडा रत्न घोषणा गरेको वडाध्यक्ष्य थापाले बताए ।
बस्ताकोटी विगत १६ वर्षदेखि पर्यटन क्षेत्रमा क्रियाशील थिए । युवा पर्यटन व्यवसायी तथा साहसी युवा बस्ताकोटीको निधनले पोखराको पर्यटन व्यवसायमा अपूरणीय क्षति पुगेको महानगरले शोक विज्ञप्ति निकालेर जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘शोकको यस घडीमा पोखरा महानगरपालिका स्वर्गीय सफल आरोही बस्ताकोटीप्रति भापूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसंतप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।’
पोखरा २६ का ३७ वर्षीय बस्ताकोटीको जेठ ९ गते बिहान सगरमाथाको चुचुरोमा पाइला राखेका उनको फर्किने क्रममा निधन थियो ।
जेठ ९ गते बेलुकी ५ बजे चौथो शिविरमा उनी अचानक बिरामी परेका थिए । उनी लेक लागेर बिरामी परेको र ८ हजार २ सय ५० मिटरमा रोकिए पनि त्यसभन्दा तल झर्न नसक्दा मृत्यु भएको विभागले जनाएको छ ।
परिवारलाई पत्तै नदिई सगरमाथा आरोहमा गएका उनले यसअघि खुम्बु आइसपिक र लोबुचे आरोहण गरिसकेका थिए । २०२२ बाट लगातार सगरमाथा आरोहणको प्रयासमा रहेका उनी यसअघि नै ५ पटक सगरमाथा आधार शिविरसम्म पुगेका थिए ।
बस्ताकोटी पोखरामा पर्यटन व्यवसायमा संलग्न थिए । जेठ ४ गते उनले सगरमाथाको दोस्रो शिविरमा पुगेको भिडिओ सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेका थिए । बस्ताकोटीको शव सगरमाथा आधार शिविरबाट काठमाडौं ल्याइएको छ । उनका श्रीमती र छोरा छन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

