एनभिए लिगका लागि गण्डकीको टोली घोषणा, रवि टोलीमा फर्किए
पाेखरा | जेठ १८, २०८१
पोखरा: काठमाडौंमा भोलिदेखि सुरु हुने आठौं प्रधानमन्त्री कप, एनभिए महिला/पुरुष भलिबल लिगका लागि गण्डकीको पुरुष टोलीको घोषणा गरेको छ । गण्डकी प्रदेश भलिबल संघले खोम प्रसाद पाण्डेय (हरि)को कप्तानीमा १२ सदस्यीय टोलि घोषणा गरेको हो ।
गण्डकी प्रदेश भलिबल संघले आठौं प्रधानमन्त्री भलिबल कपमा तीन भारतीय खेलाडीसमेत समावेश गरेको छ । भने, केही महिना मात्र वैदेशिक रोजगारीका लागि जापान गएका गण्डकीका खेलाडी रवि केसी टिममा फर्किएका छन् ।
गण्डकीको टिमा खोम प्रसाद पाण्डेय (हरि) कप्तान, मोहन उक्रपाण्डियन, रमन कुमार, सहया एन्थोनी राज सन्तोष, सुजन चोखाल, रवि केसी, हिमाल सुनारी मगर, इन्द्र विक, विश्वास अधिकारी, जीवन सुनार, राजन दर्लामी मगर र कुञ्जन शाही छन् ।
यस्तै टिमको मुख्य प्रशिक्षकमा रमेश केसी, सहायक प्रशिक्षकमा किरण गुरौं र व्यवस्थापकमा सन्तोष विक रहेका छन् ।
जेठ १९देखि २६ गतेसम्म सञ्चालन हुने आठौं प्रधानमन्त्री कप, एनभिए महिला/पुरुष भलिबल लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टिम छनोट भएका थिए ।
खेल तालिका

पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

