निरमाया दोहोरी साँझलाई भलिबल प्रतियोगिताको उपाधि

पाेखरा | जेठ १६, २०८१

निरमाया दोहोरी साँझलाई भलिबल प्रतियोगिताको उपाधि

पोखराः    पोखरामा सम्पन्न दोहोरी साँझस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि निरमाया दोहोरी साँझले जितेको छ ।

 

पोखरा कलाकार खेलकुद संघको आयोजनामा फुलबारीस्थित ग्रीन गार्डन स्पोर्टस् हबमा भएको फाइनल खेलमा बाराही दोहोरी साँझलाई हराउदै निरमायाले उपाधि जितेको हो ।

 

उपाधिसँगै निरमायाले पुरस्कार स्वरुप खसी प्राप्त गर्याे । सो प्रतियोगितामा आयोजक संस्था तेस्रो बन्यो । 

प्रतियोगिताबाट निरमाया दोहोरीकै सीता काउचा मगर उत्कृष्ट खेलाडी घोषित हुँदै नगद पुरस्कारसहित भलिबल हात पारिन् ।

 

भलिबलसँगै रस्साकस्सी र म्युजिकल चियर (निरुता थापामगर) प्रतियोगितामासमेत निरमाया साँझले नै  जितेको थियो ।

 

विजेता बनेको निरमायाको भलिबल टिममा सिता मगर, इन्दिरा पुन मगर, निरुता थापा मगर, माया पुन मगर, एलिना पुन मगर, सुष्मा पुन मगर, सुनिमा गुरुङ, लक्ष्मी गुरुङ थिए । 

 

उक्त प्रतियोगितामा पोखरामा संचालित ८ वटा महिला समुहको सहभागिता रहेको थियो ।

 

प्रतियोगिताको समापन समारोहमा बोल्दै पोखरा दोहोरी साँझ रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष तथा निरमाया दोहोरी साँझका संचालकसमेत रहेका जीवन गुरुङले सो प्रतियोगिताले भाइचाराको सम्बन्ध स्थापित गर्न सहयोग पुगेको बताए ।

 

उनले आगामी दिनमासमेत विभिन्न खालका खेलकुद तथा रचनात्मक प्रतियोगिताहरु निरन्तर हुनुपर्ने धारणा राखेका थिए ।


यस्तै निरमाया दोहोरी साँझका अर्का संचालक सुरेन्द्र गुरुङले दोहोरीका कलाकार खेलमासमेत उत्कृष्ट भएको देख्न पाउँदा खुशी लागेको उल्लेख गरे ।

 

उनले निरमाया दोहोरी साँझ पारिवारिकमैत्री दोहोरी साँझ भएकाले लोक संस्कृतिको जगेर्ना गर्र्दै आएको बताएका थिए ।

 

विगत २१ वर्षदेखि पारिवारिकमैत्री वातावारणमा लोक संस्कृतिको क्षेत्रमा योगदान र सेवा दिदैं आएको निरमाया दोहोरी साँझ रुपाहिल दोहोरी साँझले बिफिट फुटसल जोनमा आयोजना गरेको फुटसल प्रतियोगितामा पनि च्याम्पियन बनेको थियो ।
 

काठमाडौं:    नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ प...

थप पढ्नुहोस्

काठमाडौं:     बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ ।      नवदुर्गामध्येकी तेस्रो देवी...

थप पढ्नुहोस्

चितवन:     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले घेराबन्दीमा रहे पनि आफूले कर्तव्य नभुलेको बताउनुभएको छ ।       चितवन निर्वाचन क्षेत्र नं २ अन्तर्गत इच्छाक...

थप पढ्नुहोस्