स्वतन्त्र प्रेस जगतमा हस्तक्षेपको काम भइरहेको छ: विष्णुप्रसाद लामिछाने

पाेखरा | जेठ १३, २०८१

स्वतन्त्र प्रेस जगतमा हस्तक्षेपको काम भइरहेको छ: विष्णुप्रसाद लामिछाने

पोखरा:    नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले स्वतन्त्र प्रेस जगतमा हस्तक्षेपको काम भइरहेको बताएका छन् । 


नेपाल प्रेस युनियनको ३३ औं स्थापनाको सन्दर्भमा नेपाल प्रेस युनियन कास्की शाखाले आईतबार आयोजना गरेको ‘प्रेस माथिका चुनौती’ विषयक परिसंवाद कार्यक्रममा महामन्त्री लामिछानेले प्रेस कसरी गलत सावित गर्न सकिन्छ भनेर केही पक्ष लागिरहेको बताएका हुन् । 


‘कहीँ न कहीँबाट हस्तक्षेप भइरहेको छ । कुनै न कुनै माध्यमबाट कुनै न कुनै शक्तिले प्रेस जगतलाई कसरी गलत सावित गर्न सकिन्छ भनेर लागि रहेको छ,’ उनले भने, ‘प्रेस माथि अहिलेको परिस्थितीमा यहीँ नै सबैभन्दा ठूलो चुनौतिका रुपमा रहेको छ ।


प्रेस स्वतन्त्र हुनुपर्नेमा उनको जोड थियो । ‘प्रेस स्वतन्त्रता रहेन भने प्रजातन्त्र पनि रहदैन र प्रजातन्त्र रहेन भने हामीले स्वतन्त्र प्रेसको कुरा पनि गर्न सक्दैनौ,’ उनले भने, ‘त्यसैले हामी सजग हुनु जरुरी छ ।’ 


अहिलेको अवस्थामा भाषागत त्रुटी, पत्रकारितको मर्यादा विपरितको काम, समाजिक सञ्जाल, मिथ्या सूचना, पूर्वाग्राही भएर समाचार लेखिनु पछिल्ला समयको प्रेस माथिको चूनौती रहेको उनले सुनाए ।

 
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले पत्रकार र पत्रकारिता क्षेत्र धारासायी बन्दै गइरहेको बताइन् । यो अवस्थामा उनले पत्रकारलाई यो क्षेत्रमा टिकाइराख्ने खालका योजना तथा कार्यक्रम बनाएर प्रेस युनियन अघि बढ्नुपर्ने सुझाव दिइन् । नेपाली कांग्रेस पार्टी र शुभेक्छुक संस्था प्रेस युनियनबिच छलफल र सहमतिको आवश्यक रहेको उनले सुनाइन् । 


नेपाली कांग्रेस कास्कीका सहसचिव नविन सिग्देलले पत्रकारिता क्षेत्रमा पत्रकारलाई टिकाउनै समस्या रहेको बताइन् । सबै क्षेत्रबाट प्रेस जगत चपेटामा परिरहेको अवस्थामा सिर्जनात्मक काम गर्दै अघि बढ्न उनको सुझाव थियो । 


नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष ऋषिकान्त पौडेलले नेपाल पत्रकार महासंघको निर्वाचनाका लागि प्रेस युनियनका सदस्य एकजुट भएर तयारी लाग्नुपर्ने बताए । 


केन्द्रले शुद्धिकरणका विषयमा गरेका निर्णयमा चनाखो भएर निर्णय लिनुपर्नेमा उनको जोड थियो । पत्रकारिता क्षेत्रमा देखिएका चूनौति सामना गर्न प्रेस युनियन तयार रहेको र आफ्ना सदस्यको पेशागत सूरक्षाका विषयमा जानकार रहेको उनले बताए । 


कार्यक्रममा नेपाली कांग्रेस प्रचार प्रसार विभागका केन्द्रीय सदस्य गंगाधर पराजुली र राजबहादुर गुरुङ, नेपाली कांग्रेस गण्डकीका सदस्य तथा प्रचार प्रसार विभाग प्रमुख रमेश पौडेल, उपप्रमुख शिरोमणि बराल, नेपाल प्रेस युनियनका सल्लाहकार प्रेस स्वतन्त्रता सेनानी रविन्द्र बास्तोला, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, प्रेस युनियन गण्डकी अध्यक्ष टंक अधिकारी, उपाध्यक्ष माधव रेग्मी, महासचिव प्रकाश ढकाल, सदस्य सुभाष पौडेल, राष्ट्रिय समाचार समिति गण्डकी प्रमुख बासुदेव पौडेल, प्रेस युनियन कास्की अध्यक्ष बासुदेव मिश्र, उपाध्यक्ष ज्योती हमाललगायतले प्रेस माथिको चूनौति सामाना गर्न प्रेस युनियन तयार हुनुपर्नेमा जोड दिएका थिए । 


नेपाल प्रेस युनियनका देशभरका शाखाले आईतबार स्थापना दिवस मनाएका छन् । २०४८ साल जेठ १३ गते तत्कालिन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको प्रेस सल्लाहकार जयप्रकाशप्रसाद गुप्ताको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको दिनलाई नेपाल प्रेस युनियनले स्थापना दिवसका रुपमा मनाइरहेको छ । 
 

पोखरा महानगरपालिका वडा नं. १३ ले सामाजिक सुरक्षा भत्ता लिन आउने नागरिकको निशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ ।   कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा सामाजिक सुरक्षा भत्ता ल...

थप पढ्नुहोस्

लमजुङ:  लमजुङ क्होलासोथर गाउँपालिकाका मंगलबहादुर बिक बेपत्ता भएको १० दिनपछि मृत फेला परेका छन् ।   क्होलासोथर गाउँपालिका ७ का वडाध्यक्ष लक्ष्मण गुरुङका अनुसार बेपत्ता बिक आज रुदी खोला किनारम...

थप पढ्नुहोस्

काठमाडौँ:   फ्रान्समा आजदेखि औपचारिक रुपमा सुरु हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा कुन देशले कस्तो प्रदर्शन गर्ला तथा कुन मुलुकले अत्यधिक पदक हासिल गर्ला विश्वभरिका मानिसका लागि कौतुहलताको विषय बने...

थप पढ्नुहोस्