नेपालमा पुरुष भलिबलको फ्रेन्चाइज लिग हुने
केडिया ग्रुपले हरेक वर्ष नेपाल भलिबल संघलाई ३५ लाख प्रदान गर्ने
काठमाडाैं | जेठ १३, २०८१
काठमाडौं: नेपाल भलिबल संघले केडिया ग्रुपसँगको सहकार्यमा पुरुष भलिबलको फ्रेन्चाइज लिग आयोजना गर्ने भएको छ ।
संघले आइतबार लिग आयोजनाको जानकारी र केडिया ग्रुपसँग सम्झौतासम्बन्धी कार्यक्रम आयोजना गर्दै लिग गर्ने घोषणा गरेको हो ।
पुरुष भलिबल लिग यही वर्ष माघ–फागुन भित्रमा गर्ने तयारी रहेको नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले जानकारी दिए ।
पहिलो संस्करण काठमाडौंमा आयोजना गरिने र त्यसपछि होम एण्ड अवेका आधारमा देशका विभिन्न शहरमा आयोजना हुने संघले जनाएको छ ।
लिग आयोजनाका लागि नेपाल भलिबल संघ र केडिया ग्रुप प्रालिबीच आइतबारै सम्झौतामा हस्ताक्षर भएको छ । संघका अध्यक्ष चन्द र केडिया ग्रुपका प्रबन्ध निर्देशक विमलकुमार केडियाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता ७ वर्षको रहेको भलिबल संघका अध्यक्ष चन्दले जानकारी दिए । सम्झौता अनुसार पुरुष भलिबल फ्रेन्चाइज लिगको सम्पन्न गर्न लाग्ने खर्च केडिया ग्रुपले व्यहोर्ने छ । यस्तै केडिया ग्रुपले हरेक वर्ष नेपाल भलिबल संघलाई ३५ लाख प्रदान गर्नेछ ।
नेपालको भलिबल इतिहासमा पुरुषको फ्रेन्चाइज लिग पहिलो पटक हुन लागेको हो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

