अन्तर सेमेस्टर फुटसलमा अटोमोवाइल र जियोमेटिक्सको चौथो सेमेस्टर विजयी
पाेखरा | जेठ १३, २०८१
पोखरा: गण्डकी बहु–प्राविधिक शिक्षालयको आयोजनामा सम्पन्न अन्तर सेमेस्टर फुटसलमा अटोमोवाइल र जियोमेटिक्सको चौथो सेमेस्टर तर्फको समूह विजयी बनेको छ ।
पोखरा २६ स्थित ब्ल्याक होल (द्यबिअप ज्यभि) फुटसलमा भएको फाइनल खेलमा दोस्रो सेमेस्टरको सिभिल इन्जीनियरीयङको समूहलाई हराउदै चौथो सेमेस्टर प्रथम बनेको हो ।
प्रतियोगिताबाट विजेता तथा उपविजेता बनेको समूहलाई नगद पुरस्कार प्रदान गरिएको कार्यक्रम संयोजक सुमन चन्द्र सुवेदीले जानकारी दिए ।
उनका अनुसार शिक्षालयले वार्षिक कार्यक्रम अन्तर्गत हरेक वर्ष फुटसल प्रतियोगितासँगै हाजिरी जवाफ प्रतियोगिता र वत्तृत्वकला प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
शिक्षालयले विद्यार्थीको शैक्षिक स्तरमा सघाउ पुग्ने बताउदै विभिन्न प्रतियोगिता गर्दै आएको छ ।
हाल शिक्षालयमा डिप्लोमा तहका सिभिल, अटोमोवाइल इन्जिनियरीयङ, जियोमेटिक्स लगायत स्वास्थ्यतर्फ फार्मेसी र प्रमाणपत्रतह सामान्य चिकित्सा र वन विज्ञानका विभिन्न कोर्षहरुको अध्यापन गराउदै आएको छ ।
पोखरा: पोखरामा पुस ११ गतेदेखि २२ औं माछापुच्छे« पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा हुने प्रति...
पोखरा: कास्कीको लेखनाथमा पुसको ३ गते देखि जारी २१ औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । &...
पोखरा: पोखराका क्रियाशिल युवा धनबहादुर गुरुङ पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले बुधबार काठमाडौंम...

